SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१ गते
    १७० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । होटल दिपसागर, पोखरामा आयोजित कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयाले केक काटेर उद्घाटन गरेका थिए ।

    https://youtu.be/qYmb5HdkPhM?si=cZtU3Gs6CcnTvS6M

    कार्यक्रममा बोल्दै बजिमयाले मुद्रण व्यवसाय धरासय बन्दै गएको हुँदा यसकालाई जोगाउन व्यवसायीहरु नै एकजुट हुनुपर्ने औल्याए । “प्रविधिको विकास सँगै पेपरलेस सुरु भइसक्यो, अब अफिसियल प्रिन्टिङका कामहरु, विल विजकहरु अधिकांस संस्थाहरुले पेपर चलाउन बन्द छाडेको र डिजिटल प्रविधि प्रयोग गरेका छन् अब यसको प्रभाव विस्तारै प्रिन्टिङ व्यवसायमा परेको छ । केही वर्षपछि मुद्रण व्यवसाय सन्चालनमा ठूलो चुनौति थपिने छ त्यसैकारण व्यवसायीहरुको हक हितको लागि एकजुट भएर मुल्य निर्धारण गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।

    उक्त कार्यक्रममा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले मुद्रण व्यवसायी र मुद्रण पेशाको संरक्षण र सम्वद्र्धनमा लागेको संस्था विचको दुरी विस्तारै बढ्दै गएको देख्दा आफुलाई दुःख लागेको व्यक्त गरे । “हामी काम गर्न तयार छौं, जिम्मेवारी बहन गर्न कुनै चुनौती देखेका छैनौ कम्तिमा तपाईहरुले हामी साथमा छौ भन्ने आभास त दिनुस्, सुतेकोलाई उठाउने हो बाहना पारेकोलाई उठाउन सकिदैन, यति बुझ्नुस” उनले भने, । मुद्रण व्यवसाय दिनानुदिन धरासय बन्दै गएको छ, साथीहरु व्यवसायबाट पलायन भइरहेका छन् हामीलाई दुःख लागेको छ, अब नयाँ योजनासहित काम गर्नुपर्ने थप चुनौति सिर्जना भएको छ । त्यसैले सबैले कार्यसमितिका साथीहरुलाई आफ्ना गुनासा सुनाउनुस् मिलेर अगाडी बढौ, अध्यक्ष बास्तोलाले भने ।

    त्यसै गरी केन्द्रीय सदस्य कोपिला श्रेष्ठले कास्की जिल्ला भित्र मुद्रण व्यवसायमा मजदुरी गर्नेहरुको लागि सहयोग गर्ने उद्देश्यका साथ “किरण स्मृति अक्षयकोष”को स्थापना गरिएको जानकारी गराएकी थिइन् । उनले वार्षिक मुल धन क्षय नुहने गरी व्याज रकमबाट संस्थाको स्थापनाको दिन कार्यविधि अनुसार कार्यक्रम गर्ने बताइन् ।

    नेपाल मुद्रण उद्योग महासंघका केन्द्रका निवर्तमान उपाध्यक्ष एवम् कास्कीका सल्लाहकार एवम् संस्थापक पदमलाल श्रेष्ठले मुद्रण उद्योग संघ कास्कीको स्थापनाकालिन अवस्थाको वारेमा जानकारी गराएका थिए । उनले मुद्रण उद्योग संघ कास्की, केन्द्र भन्दा पनि पहिला स्थापना भएको जेठो संस्था रहेको जानकारी गराउँदै संस्थापकहरुले १ः१ को आधारमा भोट हाल्ने व्यवस्था आवश्यक रहेको बताए । साथै माघ ११ र १२ गते हुन गइरहेको केन्द्रीय विधान संशोधनमा महासंघले सम्पूर्ण व्यवसायीहरुको हितमा रहने गरी काम गर्न अनुरोध गरेका थिए । भने, नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य बसन्त बास्तोला, निवर्तमान केन्द्रीय सचिव एवम् संस्थापक जीवन गोर्खाली, महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनोहर दाहाल, कास्की जिल्लाका सल्लाहकार कृष्णराज ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमिति र मुद्रण उद्योग संघ कास्कीका संस्थापकहरुलाई कास्की जिल्लाले बधाई सहित लोगो अंकित पिन र दोसल्ला लगाएर सम्मान गरेको थियो । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं