SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२९ गते
    २४९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न विधेयक तथा ऐन पारित गरेको छ । गाउँसभामा पेश भएको वन विधेयक २०८१ पारित गरिएको हो । गाउँ सभाका सदस्य तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक देवन्द्रबहादुर क्षेत्रीले सभामा पेश गर्नुभएको विधेयक सर्वसम्मत पास गरिएको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=UtD2XH2aGptq58qE

    यसैगरी केहि मोदी गाउँपालिकाको ऐन संशोधन गर्ने ऐन २०८१ प्नि पारित भएको छ । विधायन समिति संयोजक भविलाल शर्माले सभामा उक्त ऐन पेश गर्नुभएको थियो । गाउँसभामा पेश भएको बिनीयोजन ऐन २०८१ संशोधन स्वीकृतिका लागि सभामा पेश भएकोमा बहुमतले पास गरेको छ । उक्त ऐन उपाध्यक्ष विमल लामिछानेले पेश गर्नुभएको थियो । यसैगरी न्यायकि समितिको प्रतिवेदन र महालेश परिषदको प्रतिवेदन पनि सभामा पेश भएकोमा सर्वसम्म पारित भएको छ । सभामा पारित भएका विधेयक तथा ऐन तथा प्रतिवेदन अध्यक्ष हिरादेवी शर्माले निणयार्थ पेश गर्नुभएको थियो ।

    यसैरी मोदी गाउगँपालिकाको भवन निर्माण सम्वन्धि कार्यविधि समेत पारित भएको छ । अहिलेसम्म भवन निर्माणसम्वन्धि कार्यबिधी नहूँदा पालिका भित्र घर बहाल कर, घरको नक्सा पास तथा घर बनाउन स्वीकृति दिने जस्ता कार्य हुन सकेका थिएनन् । यसै आर्थिक वर्षदेखि भवन निर्माण कार्यविधि लागु गरिने प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।

    यस अघि गाउँसभाको शुन्य समयमा सदस्यहरु लक्ष्मी विक, दिपेन्द्रजंग लामिछाने र बेलबहादुर कार्कीले समसामयिक विषयमा आफ्‌ना घारणा राख्नुभएको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

    रवि प्रकाश कसौधन, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं