SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२९ गते
    २८९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ। पहिलो संस्करणमा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेकोमा यस संस्करणमा २१ स्वर्ण, ९ रजत र १० कांस्य गरी ४० पदक हात पारेको छ।

    https://youtu.be/GIWL8V2f_io?si=iYC92wcuvhmxxFUl

    दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ९ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २३ पदक, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले ७ स्वर्ण, ११ रजत र ७ कांस्य गरी २४ पदक जितेको छ भने सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र १० कांस्य गरी २५ पदक जितेको छ।

    कुश्मा नगरपालिकाले लगातार तीनपटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने र शिल्ड पनि सोही विद्यालयकै बन्ने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा गरेको थियो। यसअनुसार लगातार तेस्रोपटक विजेता बनेको नारायण माविले नगरपालिकाको तर्फबाट घोषणा भएको पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ।

    यस्तै, यस वर्षका लागि प्रथम हुने विद्यालयका लागि घोषणा गरिएको ५१ हजार रुपैयाँसहित नारायण माविले पाँच लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, दोस्रो स्थानमा आएको पर्वत गुरुकुल एकेडेमीले ३१ हजार एक सय ११ रुपैयाँ, तेस्रो स्थानमा आएको नमुना अङ्ग्रेजी आवासीय माविले २१ हजार एक सय ११ र सान्त्वना स्थानमा आएको शिवालय माध्यमिक विद्यालयले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने नगर शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताए।

    प्रतियोगितामा कालीगण्डकी एकेडेमीले २ स्वर्ण, २ रजत र ३ कांस्य, पञ्चकोशी माविले १ कांस्य, जनक माविले १ स्वर्ण र १ कांस्य, वीरेन्द्र माविले १ रजत र १ कांस्य, पूर्णेश्वर माविले २ स्वर्ण, २ रजत र ६ कांस्य पाएका छन्।

    यस्तै, सूर्यप्रकाश माविले १ स्वर्ण र ४ रजत, जनता सुदर्शन माविले १ स्वर्ण र १ कांस्य, मंगलोदय माविले १ रजत र १ कांस्य, सार्वजनिक माविले १ स्वर्ण, आइबल एकेडेमीले ३ रजत र ९ कांस्य जितेका छन्।

    हिमालय माविले २ कांस्य, काफलचौर माविले ३ स्वर्ण, २ रजत र २ कांस्य, सहिद स्मारक अङ्ग्रेजी आवासीय माविले २ स्वर्ण र ३ कांस्य तथा राष्ट्रिय बाल शिक्षा सदनले १ स्वर्ण र २ कांस्य पाएका छन्। विद्यालयहरूलाई शिल्ड, ट्रफी र मेडल सहितको पुरस्कार वितरण समारोहमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले विद्यार्थीहरूका लागि खेल बहु आयामिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताए।

    https://youtu.be/T1jxeQEuAcg?si=zpfEX1Bcu8g1n_Ux

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं