SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२८ गते
    २०३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो ।

    सो वडाका लागि अभियान संयोजक समेत रहनु भएका सहसचिव सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

    नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति केशर प्रसाद निर्दोषीले सबै परिवर्तनको नेतृत्व गरेको काँग्रेसले जनताको आवश्यकतालाई पनि पूरा गर्न सक्ने बताउनुभयो ।

    त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ वडा कार्यसमिति सभापति तिलक प्रसाद अधिकारी, क्षेत्रीय प्रतिनिधि सूर्य मोहन आचार्य लगायतले बोल्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=vEunoYENv1ZiC2-D

    नेपाली काँग्रेस तल्लो पुडी टोल कार्य समितिका सभापति सम्मर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपल्लो पुडी टोल कार्य समितिका उपसभापति हरि बहादुर थापाले स्वागत र कोषाध्यक्ष कमल आचार्यले संचालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

    रवि प्रकाश कसौधन, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं