SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२८ गते
    २४२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको बास्तविक आय र हालसम्मको खर्च तथा उपलव्धीका बारेमा प्रस्तुत गर्नुभएको थियो ।

    https://youtu.be/T1jxeQEuAcg?si=Jx97NweCLIBid8z7

    गाउँपालिकाको चालु आर्थिक वर्षको चालु तर्फको बजेट रु। ३६ करोड ७८ लाख ६१ हजार रुपैया मध्ये हालम्म रु। १३ करोड ४५ लाख ४७ हजार रुपैया खर्च भएको छ भने पुँजीगत तर्फको १३ करोड ४५ लाख ५२ हजार रुपैया मध्ये २ करोड १२ लाख ५ हजार रुपैया खर्च भएको अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।पालिकाले चालु आर्थिक वर्षको हालसम्म ७५ लाख २५ हजार रुपैया राजश्व समेत संकलन गरेको छ । छ भने विषयगत शाखाहरुवाट भएका कामहरुको समेत समिक्षा गरिएको थियो ।

    पालिकामा रह्‌का प्रशासन शाखा, राजश्व शाखा, शिक्षा, पशु सेवा, सामाजिक विकास तथा सूचना शाखा, रोजगार सेवा केन्द्र, पुर्वाधार शाखा, न्यायीक समिति, वन वातावरण तथा विपद् व्यवस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, र सचिबालयवाट भएका उपलब्धिहरु सार्वजनिक गरिएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=o9kcjkeRrUnp8rdj

    पालिकाले संचालन गरेको एम्बुलेन्स सेवावाट १ सय ६० जनाले निःशुल्क सेवा लिएका छन् भने १ सय ३३ जनाले सशुल्क सेवा लिएका छन् । एक सय ३३ जनाले एम्बुलेस सेवा लिएवापत रु। ४ लाख ७७ हजार रुपैया आम्दानी गर्न सफल भएको छ ।

    यसैगरी पालिकाको न्यायिक समिति मा हालसम्म १७ वटा उजुरी परेको अध्यक्ष आचार्यले बताउनुभयो ।
    जलजलाले पुर्वाधार तर्फ पनि विभिन्न योजनाहरु अघि बढाएको छ । वडा न। ४ लामाखेतमा कर्मचारी आवास र स्टोर भवनको दोस्रो चरणको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ भने तेस्रो चरणको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अगाडी बढाइ हाल सम्झौताको चरणमा रहेको छ ।

    जलजला गाउँपालिका वडा न। ०३ मा पर्ने वारिबेनी भुर्तुला सडक स्तरोन्नतीका लागी सम्झौता भई हाल निर्माण कार्य सम्पन्न भएको छ भने जलजला गाउँपालिका वडा न। ०३ मा १० बेडको आधारभूत अस्पतालको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जलजला गाउँपालिका वडा न। ०८ दमुवाखोलामा चिस्यान केन्द निर्माणका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी जलजला गाउँपालिका वडा न। ०७ मा पर्ने लस्ती बास्कोट गौशाला सडक स्तारोन्नतिका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको छ । जलजला गाउँपालिका वडा न। ०७ मा अवस्थित गण्डकी गोपाल गौशालाको पुर्बाधार निर्माणका लागि बोलपत्र मुल्यांकन सम्पन्न गरि सम्झौता निर्माणको चरणमा रहेको पनि आचार्यले बताउनुभयो । उपभोक्ता समिति मार्फत सम्पन्न भएका योजनाहरुको नापजाँच, मुल्यांकन र अनुगमन गरी भुक्तानीको प्रक्रिया आगाडी बढाईएको उहाँले बताउनुभयो ।

    गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले विभिन्न विधेयक तथा ऐनहरु प्रस्तुत गर्नुभएको थियो । गाउँ सभाले जलजला गाउँपालिका नगरप्रहरी संचालन ऐन २०७७ लाई संशोधन गर्न वनेको विधेयक २०८१ पनि पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

    रवि प्रकाश कसौधन, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं