
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ भने विभिन्न विधेयक र ऐन पारित गरेको छ । गाउँसभामा अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको बास्तविक आय र हालसम्मको खर्च तथा उपलव्धीका बारेमा प्रस्तुत गर्नुभएको थियो ।
https://youtu.be/T1jxeQEuAcg?si=Jx97NweCLIBid8z7
गाउँपालिकाको चालु आर्थिक वर्षको चालु तर्फको बजेट रु। ३६ करोड ७८ लाख ६१ हजार रुपैया मध्ये हालम्म रु। १३ करोड ४५ लाख ४७ हजार रुपैया खर्च भएको छ भने पुँजीगत तर्फको १३ करोड ४५ लाख ५२ हजार रुपैया मध्ये २ करोड १२ लाख ५ हजार रुपैया खर्च भएको अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।पालिकाले चालु आर्थिक वर्षको हालसम्म ७५ लाख २५ हजार रुपैया राजश्व समेत संकलन गरेको छ । छ भने विषयगत शाखाहरुवाट भएका कामहरुको समेत समिक्षा गरिएको थियो ।
पालिकामा रह्का प्रशासन शाखा, राजश्व शाखा, शिक्षा, पशु सेवा, सामाजिक विकास तथा सूचना शाखा, रोजगार सेवा केन्द्र, पुर्वाधार शाखा, न्यायीक समिति, वन वातावरण तथा विपद् व्यवस्थापन शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, र सचिबालयवाट भएका उपलब्धिहरु सार्वजनिक गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=o9kcjkeRrUnp8rdj
पालिकाले संचालन गरेको एम्बुलेन्स सेवावाट १ सय ६० जनाले निःशुल्क सेवा लिएका छन् भने १ सय ३३ जनाले सशुल्क सेवा लिएका छन् । एक सय ३३ जनाले एम्बुलेस सेवा लिएवापत रु। ४ लाख ७७ हजार रुपैया आम्दानी गर्न सफल भएको छ ।
यसैगरी पालिकाको न्यायिक समिति मा हालसम्म १७ वटा उजुरी परेको अध्यक्ष आचार्यले बताउनुभयो ।
जलजलाले पुर्वाधार तर्फ पनि विभिन्न योजनाहरु अघि बढाएको छ । वडा न। ४ लामाखेतमा कर्मचारी आवास र स्टोर भवनको दोस्रो चरणको निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ भने तेस्रो चरणको निर्माण कार्यका लागि ठेक्का प्रक्रिया अगाडी बढाइ हाल सम्झौताको चरणमा रहेको छ ।
जलजला गाउँपालिका वडा न। ०३ मा पर्ने वारिबेनी भुर्तुला सडक स्तरोन्नतीका लागी सम्झौता भई हाल निर्माण कार्य सम्पन्न भएको छ भने जलजला गाउँपालिका वडा न। ०३ मा १० बेडको आधारभूत अस्पतालको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जलजला गाउँपालिका वडा न। ०८ दमुवाखोलामा चिस्यान केन्द निर्माणका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी जलजला गाउँपालिका वडा न। ०७ मा पर्ने लस्ती बास्कोट गौशाला सडक स्तारोन्नतिका लागि सम्झौता भई हाल निर्माणको चरणमा रहेको छ । जलजला गाउँपालिका वडा न। ०७ मा अवस्थित गण्डकी गोपाल गौशालाको पुर्बाधार निर्माणका लागि बोलपत्र मुल्यांकन सम्पन्न गरि सम्झौता निर्माणको चरणमा रहेको पनि आचार्यले बताउनुभयो । उपभोक्ता समिति मार्फत सम्पन्न भएका योजनाहरुको नापजाँच, मुल्यांकन र अनुगमन गरी भुक्तानीको प्रक्रिया आगाडी बढाईएको उहाँले बताउनुभयो ।
गाउँसभामा उपाध्यक्ष दिपक आचार्यले विभिन्न विधेयक तथा ऐनहरु प्रस्तुत गर्नुभएको थियो । गाउँ सभाले जलजला गाउँपालिका नगरप्रहरी संचालन ऐन २०७७ लाई संशोधन गर्न वनेको विधेयक २०८१ पनि पारित गरेको छ ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया