SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२८ गते
    २९८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ।

    https://youtu.be/T1jxeQEuAcg?si=y884ose0k19b-DaO

    गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास गरेको दृश्य समेटिएको छ, जसले प्रेममा आकर्षण र उत्साह प्रस्तुत गर्दछ।

    भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। भिडियो सम्पादन बिबेक सुनारले गरेका हुन्।

    ‘हरामी हुन् मन छ’ बोलको गीत नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं