SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२६ गते
    २३६ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए ।

    पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे । अन्य दर्शकहरुसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका थिए । नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=EyTSlMbff-ib2hVP

    पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले बताए । उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ ।’ महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यंग्य कलाकार बाट हास्य प्रस्तति, पप कलाकारबाट पप कन्र्सट साथमा मोडन डान्समा दर्शकहरू रमाइलो लिएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=EyTSlMbff-ib2hVP

    शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जिवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुत रहनेछ भने बेलुका लाईभ कन्सर्टमा राजु लामा ( मंगोलियन हर्ट)को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए । महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन भने ७५ लाख बराबरको कारोबार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । हालसम्म १ लाख ५० हजार दर्शकले अवलोकन र ४ करोड ५० लाखको कारोबार भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

    https://youtu.be/GIWL8V2f_io?si=EyTSlMbff-ib2hVP

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं