SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२६ गते
    १८४ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गर्नुभयो । कार्यक्रममा पुर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको वताउनु भयो ।

    विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पुर्व विद्यार्थी विभिन्न क्षेत्रमा कृयाशिल रहेको भन्दै, उनीहरुलाई विद्यालयको सर्वोपरि हितमा केन्द्रित हुन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबैको सम्वनयवाट नै विद्यालयले शैक्षिक सफलता हासिल गर्नुका साथै विभिन्न कार्यक्रम गर्न सकेको वताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य राजकुमारी बानियाँ, मञ्जु नेपाली, रेडक्रस सोसाईटी कास्कीका सदस्य सुवासबावु अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, दिप युनाईटेड क्लवका अध्यक्ष विष्णु गुरुङ, विद्यालयका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, समाजसेवी दुर्गा केसी थापा लगायतले मानिसको सवैभन्दा ठुलो कर्म मानव सेवा हुने वताए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संयोजक शिक्षक नायक विष्णु प्रसाद पौडेलले गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयका सुचना अधिकारी राम वहादुर बानियाँले ५४ औं पटक, धर्मराज थापाले ५१ औं पटक, नविन अधिकारीले ३१ औं पटक, धर्मदत्त अधिकारीले २७ औं पटक, शंकर थापाले २६ औं पटक रक्तदान गरेका थिए । शुक्रवारै विज्ञान तथा प्रविधी प्रर्दशनी पनि शुरु भएको छ । शनिवारसम्म चल्ने प्रर्दशनीको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले शुभारम्भ गर्नुभयो ।

    शनिवार वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयका सुचना अधिकारी राम वहादुर बानियाँले जानकारी दिनुभयो । वार्षिकोत्सवको आन्तरिक वाहेकका सम्पुर्ण तयारी पुरा भएको वताईएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारवाट सम्मानित भई सकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु

    पोखरा। पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय...

    हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण

    हेमजा । हेमजा युनाईटेड पोखरा–२५,हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ...

    दोभान कप जारी दोस्रो दिन ५ खेल सम्पन्न

    पोखरा ।दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा...

    स्वधर्म माबिको वार्षिकोत्सब सम्पन्न,पाण्डेयद्वारा पुरस्कार सौजन्य गर्ने घोषणा

    पर्वत । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का...

    “आठौ पर्वत महोत्सवमा तयारी तीब्र”

    पर्वत । “गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं