SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२५ गते
    २१४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जानकारी दिनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतकाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।कार्यक्रममा पुर्व मन्त्री खड्काले विद्यालयको शैक्षिक सफलता लोभ लाग्दो रहेको वताउँदै, शैक्षिक सिकाईको अनुभव आदान प्रदान गर्न सुझाव दिनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबैको सम्वनयवाट नै विद्यालयले सफलता हासिल गरेको वताउनुभयो । कार्यक्रममा विद्याथीले नेपालमा प्रचलित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । दुई दिनसम्म भएको पुरस्कार वितरण कार्यक्रमको संचालन लेखा प्रमुख भीम वहादुर गायकले गर्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    वार्षिकोत्सवकै पुर्व सन्ध्यामा शुक्रवार विद्यालयले पाँचौ संस्करणको रक्तदान कार्यक्रम समेत गर्ने भएको छ । रक्त संचार केन्द्रको प्राविधिक सहयोग, विद्यालयमा गठित रेडक्रस सर्कल र रेडक्रस सोसाईटी पोखरा १६ उपशाखाको सहयोगमा विद्यालय परिसरमा विहान हुने कार्यक्रमको तयारी पुरा भएको संयोजक शिक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हुँदा सो कार्यक्रममा सहभागी भईदिन विद्यालयले आग्रह समेत गरेको छ ।सोही दिन विज्ञान तथा प्रविधी प्रर्दशनी समेत गरिने वताईएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    शनिवार वार्षिकोत्सवको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयले जनाएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारवाट सम्मानित भई सकेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं