
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु भएको छ । तीन दिनसम्म संचालित प्रतियोगितामा नगर भित्रका २५ वटा विद्यालयका झण्डै पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुने छ ।
https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH
विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ ।
उद्घाटन कार्यक्रम बोल्दै नगरप्रमुख जोशीले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्वपुर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न आग्रह गर्नुभयो । कतिपय विद्यालयहरुले जसरी पनि आफ्नो पक्षमा नतिजा पार्न सक्रियता बढाईरहेको बेला नगरप्रमुख जोशीले बिद्यालयको गरिमासँग नजोडिकन विद्यार्थीलाई निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न लगाउन आग्रह गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH
हरेक वर्ष संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाई छ । जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै खेलक्षेत्रको विकासवाट पनि नगर र समग्र मुलुकको विकासमा टेवा पुर्याउन सकिने बताउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH
चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्डअनुसार १८ वर्षभन्दा मुनिका छात्र,छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, वडा नं। ६ का अध्यक्ष इश्वर गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत शिक्षा उपसमिति संयोजक तथा वडा नं। १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले गर्नुभएको थियो भने संचालन नगर शिक्षा अधिकृत दिपक सुवेदीले गर्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया