SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२५ गते
    ३४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु भएको छ । तीन दिनसम्म संचालित प्रतियोगितामा नगर भित्रका २५ वटा विद्यालयका झण्डै पाँच सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुने छ ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ ।

     उद्घाटन कार्यक्रम बोल्दै नगरप्रमुख जोशीले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो । विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्वपुर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न आग्रह गर्नुभयो । कतिपय विद्यालयहरुले जसरी पनि आफ्‌नो पक्षमा नतिजा पार्न सक्रियता बढाईरहेको बेला नगरप्रमुख जोशीले बिद्यालयको गरिमासँग नजोडिकन विद्यार्थीलाई निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न लगाउन आग्रह गर्नुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    हरेक वर्ष संचालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाई छ । जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै खेलक्षेत्रको विकासवाट पनि नगर र समग्र मुलुकको विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्डअनुसार १८ वर्षभन्दा मुनिका छात्र,छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, वडा नं। ६ का अध्यक्ष इश्वर गिरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत शिक्षा उपसमिति संयोजक तथा वडा नं। १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले गर्नुभएको थियो भने संचालन नगर शिक्षा अधिकृत दिपक सुवेदीले गर्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=U4tDZEcll7cYDwtH

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं