SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२५ गते
    २५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

    https://youtu.be/T1jxeQEuAcg?si=fTOO4c8yMWSxTq3z

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन्। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

    https://youtu.be/T1jxeQEuAcg?si=fTOO4c8yMWSxTq3z

    लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    https://youtu.be/T1jxeQEuAcg?si=fTOO4c8yMWSxTq3z

    लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

    https://youtu.be/T1jxeQEuAcg?si=fTOO4c8yMWSxTq3z

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं