SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२३ गते
    २६१ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ ।

    अक्वेरियम भित्र समुद्र मुनीको यात्राको महशुस गर्दै दर्शक र विद्यार्थीहरु फोटो खिचाउन भिड लाग्ने गरेको छ । अक्वारियमले महोत्सवमा थप आकर्षण दिएको र माछा सम्बन्धी थप अनुन्धानका लागि पनि उपुक्त भएको छ । माछालाई उपयुक्त वातावरण र पानीको गुणस्तर मापन गरी व्यवस्थापन गर्न ठुलो लगानी र वातावरणलाई ख्याल राख्नुपर्ने हुँदा थप ब्यवस्थापन गर्न आवश्यक रहेको छ ।

    विषेश गरी बालवालिकाको लागि थप आकर्षक बनेको लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं अर्थ तथा वित्त व्यवस्थापन समितिका संयोजक धु्रवबाबु भट्राईले जानकारी दिए । यसैबिच महोत्सवको छैंटौ दिन मंगलबार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेका छन्भने ३० लाख बरावरको आर्थिक कारोबार भएको महोत्सवका प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन ।

    हालसम्म महोत्सवको ९६ हजार दर्शकहरुले अवलोकन गरेका छन भने ३ करोडको कारोबार गर्न सफल भएको छ । महोत्सवमा बुबार लोकदोहोरीतर्फ बद्री पँगेनी, टिका सानु, प्रेमराज अधिकारी, रिया खड्का, रतिमाया खड्का, सन्तोष सुवेदी र बेलुका कन्सर्टमा रमेशराज भटृराई र सिर्जना खत्री हाउडे मायाको प्रस्तुती रहने कलाकार ब्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ल जानकारी दिए ।

    महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त
    हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं