
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत। स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ।
बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको लागि एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले धेरै वर्ष पहिलेदेखि नै बाँसखर्कका कृषकहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएको बताए। स्वाद र गुणस्तरका हिसाबले प्रदेशमा नै उत्कृष्ट मानिएको सुन्तला बाँसखर्कको नै भएकोले पनि बाँसखर्कका कृषकहरूले सुन्तला खेतीबाटै आर्थिक स्तर बलियो बनाएको उनले बताए।
बगैँचामा फलेको सबै सुन्तलाले राम्रो बजार पाएको बेलामा पनि सडक समस्याका कारण कृषकहरूले खुलेर सुन्तला खेती गर्न नपाएको अवस्थालाई बाहिर ल्याउनको लागि र धेरै व्यक्तिहरूले बगैँचामा नै पुगेर बाँसखर्कका सुन्तलाका स्वाद लिन सकुन् भनेर एक दिने महोत्सवको आयोजना गर्न लागिएको हो।
‘एक दिन मात्रै भए पनि पुसको २६ वा २७ मा महोत्सव लगाउँदै छौँ। यहाँका जनताले जग्गा पाएसम्म सुन्तला लगाउँछन्। तर बाटोका कारण निर्यातमा समस्या हुँदा खुलेर सुन्तला लगाउन सकिएको छैन’, उनले भने, ‘गण्डकी प्रदेशभरका सकेसम्म धेरै मिडियाहरूलाई बोलाएर यहाँका सडक र सुन्तलाका बगैँचा देखाउने र स्वाद चखाउने हो भने यहाँका वास्तविकताहरू बाहिर आउँछन्।’ गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको भन्दै अध्यक्ष आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्ने योजना बनाउनको लागि महोत्सव महत्त्वपूर्ण हुने बताए।
स्थानीय ज्योतिमण्डल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा व्यावसायिक सुन्तला कृषक मेखबहादुर खत्रीले सुन्तला अझै धेरै उत्पादन गर्न सक्ने क्षमता भए पनि सडकको अवस्थाकै कारण कृषकहरू निराश हुनुपरेको बताए। गत वर्षको भन्दा यस वर्ष सुन्तला झनै धेरै फलेको र गाउँका करिब दुई सय घरले सुन्तला खेती गरेका उनको भनाइ छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा परेको भए पनि सुन्तला बोक्न जाने सवारीहरू गुड्नै नसक्ने अवस्थाको बाटो बनाउन सरकारको रोजाइ नपर्दा दुःख लागेको खत्री बताउँछन्। बाँसखर्कको सुन्तला कुश्मा, बागलुङ, बेनी, पोखरा, नारायणगढ, काठमाडौँ लगायतका ठाउँहरूमा निर्यात हुने गरेको भए पनि सडक सास्तीले गन्तव्यमा पुग्नेबेलासम्म थिचिने र ठोक्किने समस्याले क्षति हुने गरेको उनको भनाइ छ।
गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बाँसखर्कको सुन्तला सबैभन्दा ढिला समयसम्म पनि बिक्री गर्न सकिने भएकाले पनि राम्रो मूल्य पाउने गरेको बताए। भौगोलिक अवस्था र वातावरण नै सुन्तलामैत्री भएकोले बाँसखर्कको सुन्तलालाई ढिलोसम्म बिना प्रतिस्पर्धा बेच्न सकिने अवस्था छ। बाँसखर्कको सुन्तलाले बोलेको मूल्य पाउने गरेको भए पनि सडकको समस्याकै कारण पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उनको भनाइ छ।
‘एउटै कृषकले २०/२५ लाखको सुन्तला फलाउने यस्तो ठाउँमा सहजै गाडी आउँदैन। जसोतसो आएकाहरूले उफार्दा सुन्तला नै टुटफुट हुन्छ, ढुवानी खर्च बढी लाग्छ। सररर जाने बाटोमा जस्तो सहज छैन’, उपाध्यक्ष आचार्यले भने, ‘कृषकलाई आवश्यक पूर्वाधार निर्माण हुनुपर्छ र त्यसका लागि चौतर्फी दबाब पनि चाहिन्छ। धेरै फल्यो भने बजार पठाउन कठिन हुने भनेर कृषकहरूले कम खेती गरेको अवस्था छ।’ नेपालकै उच्च गुणस्तरको सुन्तला पाइने ठाउँलाई चिनाउन, गाउँका अरू सम्भावनाको पहिचान गर्न, बाँसखर्कको सुन्तलालाई विदेश निर्यात गर्न पनि महोत्सव महत्त्वपूर्ण हुने आचार्य बताउँछन्।
महोत्सवमा आउनेहरूले बगैँचाबाटै सुन्तला किन्न पाउने, दृश्यावलोकन गर्न पाउने छन् भने उक्त दिनमा सुन्तलासम्बन्धी खेलकुद कार्यक्रमहरू आयोजना हुँदै छन्। जलजला गाउँपालिका र वडाको साझेदारीमा आयोजना हुने महोत्सव सफल बनाउनको लागि मूल समिति र उपसमितिहरू निर्माण गरेर काम तयारी थालिएको छ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया