SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२३ गते
    २२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् ।

    उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् । काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको छतबाट हामफालेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार, भूकम्पबाट ९ भौतिक संरचनामा समेत क्षति पुगेको छ । तीमध्ये १ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोष्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

    सोलुखुम्बुको हिमाली क्षेत्रमा अन्यत्रभन्दा बढी धक्का महसुस गरिएको थियो । यद्यपि, यो आरोहरणको सिजन नभएको हुँदा थप क्षति भएन ।

    चीनमा भने भूकम्पमा परेर हालसम्म कम्तिमा ९५ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चार संस्था सीजीटीएनले उल्लेख गरेको छ । स्थानीय अधिकारीहरूलाई उदृत गर्दै सीजीटीएनले १३० जना घाइते भएको भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

    पोखरा ।मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा...

    धुमधामका साथ नेवा: पुच:यूएईले दुबईमा “य:मरी पुन्ही ११४६” बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न’

    सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस...

    प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

    अजय मिश्र,कृष्णानगर, कपिलवस्तु।कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक...

    भण्डारढिक रङ्गशालामा नेसनल प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

    गोपाल रिजाल गोबिन्द,पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको कास्की शाखाले पोखरा २९...

    पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं