
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो ।चलचित्रको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले चलचित्रको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो ।
पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई मन पराइदिँदा सिनेमा नै प्रतिक्षित बन्छ । दर्शक सिनेमा रिलिजको पर्खाइमा हुन्छन् । यो सफलता पनि ‘लाज शरणम्’ले पायो ।पोस्टर, टिजर र ट्रेलर सिनेमाको सारांश हुन् । ‘लाज शरणम्’को टिजर र ट्रेलर त आउन बाँकी नै छ । तर पोस्टरले भने सिनेमाको हाइप बढाउने काम गरे ।
निर्माणपक्षले एकसाथ सार्वजनिक गरेका तीनवटै पोस्टरको दर्शकले तारिफ गर्दा सिनेमाको पर्खाइमा दर्शक रह्यो । पोस्टरले दिएको सफलता टिजर र ट्रेलरले जोगाउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।
के थियो पोस्टरमा ?
‘लाज शरणम्’को टिमले तीनवटा पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरका कथा र कमेडी एक साथ देखिएको थियो । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको थियो । तर, प्रष्ट रूपमा कथा के हो खुलाएको छैन ।
सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन ।
पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।
दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ ।
उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ । अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । सँगै विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ ।
पोस्टरले अभाव, आम नेपालीको बाध्यता, मृत्युपछि पनि त्यसमा देख्ने पैसा देख्ने नेपाली र आफ्नै हिमाली बस्ती होस् वा परदेश नेपालीले मृत्युसँग साक्षात्कार गरिरहेको यथार्थलाई पोस्टरले देखाइदिएको छ । वर्षकै प्रतिक्षितमध्येको एक यो चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।
यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् ।
चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।
सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन् । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया