SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२२ गते
    २९१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव संचालन हुने भएको छ ।

    स्थानीय पाङधैरेनी माध्यमिक विद्यालयको शैक्षिक सुधार, दिगो सञ्चालन, स्तरोन्नती तथा संस्कृत शिक्षालयको रुपमा विकास गर्नका लागि महायज्ञ आयोजना गरिएको हो ।

    आगामी माघ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको समुद्घाटन अनन्तश्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यले गर्नुहुने भएको छ । ९ दिनसम्म संचालन हुने महायज्ञमा आचार्य श्री चैतन्यकृष्ण महाराजले कथा प्रवचन गर्नुहुने कार्यक्रम रहेको आइतवार कुश्मामा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका संयोजक कृष्णप्रुसाद रिजालले जानकारी दिनुभयो ।

    पार्वतिको पवित्र जन्मभूमिको रुपमा रहेको पाङ्ग क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन एवम् धार्मिक विकासका लागि पनि महायज्ञले महत्वपुर्ण भूमिका खेल्ने उहाँको भनाई छ । कक्षा १२ सम्म संचालित पाङधैरेनी माध्यमिक विद्यालयमा दुई सय साठी जना विद्यार्थी रहेका छन् । कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई संचालन भएको विद्यालयमा चार जना निजि श्रोतवाट शिक्षक नियुक्त गरिएको छ ।

    निजि श्रोतवाट राखिएका शिक्षकहरुलाई मासिक तलब सुविधा भुक्तानी गर्न लगायत विद्यालयकौ चौतर्फि स्तरोन्नतीका लागि आर्थिक अभाव भएपछि महायज्ञ गर्नुको विकल्प नदेखिएको विद्यालयका प्रद्यानाध्यापक गुणराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञका रु। दुई करोड भन्दा बढि संकलन गर्ने लक्ष राखिएको छ ।

    अहिलेसम्म महायज्ञ संचालनका लागि एक हजार दुई सय जना भन्दा बढि आयोजक सदस्य बनिसकेका छन् । आयोजक सदस्य बन्नका लागि पाँच हजार एक सय तोकिएको छ । झण्डै दुई हजार आयोजक बनाउने योजना रहेको प्रअ पौड्यालले बताउनुभयो ।

    महायज्ञलाई कथा प्रवचनमा मात्र सिमीत नराखि पाङ शैक्षिक तथा आध्यात्मिक महोत्सवको रुपमा समेत विकास गरिने भएको छ । महायज्ञमा हरेक दिन विहान ७ बजेदेखि रातीसम्म पुर्जा अर्चना, कथाबाचन, मानसम्मान तथा भजनकृतन गरिने छ । यसका अलवा कथाले मागे अनुसार विभिन्न झाँकीहरु प्रदर्शनका साथै श्रृङ्गारिक महाआरती समेत संचालन गर्ने आयोजकको तयारी छ ।

    महायज्ञमा सहाभागि भएर इच्छाअनुसारको दानगर्न, कथा प्रवचन गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
    उक्त विद्यालयले यस अघि २०५८ सालमा पनि महायज्ञ संचालन गरेको थियो । त्यो बेला संचालन गरेको महायज्ञवाट आजसम्म विद्यालय संचालन गर्न सफल भएको अध्यक्ष रिजाललले बताउनुभयो ।

    महायज्ञमा आर्थिक तथा भौतिक सम्पत्ति दान गर्ने दानदाताहरुलाई छुट्टाछुट्टै सम्मान गर्ने व्यवस्था समेत मिलाईएको उहाँको भनाई छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं