SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२१ गते
    ३०१ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=144Cgk_jKNlydDsY

    कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाब७३घढस नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको तयारीमा समेत जुट्ने गरेका छन ।

    महिलाहरुलाई गीत संगित र रत्यौलीमा मात्र सिमित नराखी उनिहरुमा रहेको अन्र्तनिहित क्षमताको विकास गराउदै र मौलिक ज्ञानका बारेमा जानकारी गराउने उदेश्यले पहिलो पटक अन्तर महिला तथा आमा समुहकाविच हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता ब्यवस्थापन उप समितिकी संयोजक प्रभाकुमारी लामिछानेले बताईन । लामिछानेले भनिन–“आयोजित प्रतियोगिताबाट आमा÷महिलाहरुमा पनि समसामयिक विषयको जानकारी हुँदो रहेछ भन्ने देखियो, सवाल जवाफको प्रतियोगितामा महिला
    मित्रहरुले खुलेर सहभागि जनाउनुभयो यो नै हाम्रो लागि गर्वको विषय हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=144Cgk_jKNlydDsY

    ”प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । सहभागी समुह मध्येबाट प्रत्येक दिन चार सम७३घढसहका विच प्रतिस्पर्धा गरि आठ समहलाई सेमि फाईनलमा प्रवेश गराउने गरि प्रतियोगिता संचालन भईरहेको छ । सहभागी समुहहरुलाई विषयगत प्रश्न देखि महिलाहरुको दैनिकी दिनचर्याका विषय वस्तु देखी धर्म,संस्कृती, साहित्य, स्थानिय निकाय, स्थानिय सेरोफेरो र लेखनाथ उद्योग बाणिज्य संघ सम्वन्धित प्रश्न तयार गरिएको छ भने अहिलेसम्म २४ समुहका बिच प्रतिश्पर्धा भईसकेको छ । प्रतियोगिताबाट सेमिफाईनलमा प्रवेश गरेका आठ समुहका बिच हुने फाईन चरणको प्रतिश्पर्धा हुने छ भने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २५हजार, द्धितिय ह्ने समुहले २० हजार, तृतिय हुने समुहले १५ हजार र सान्त्वना हुने समुहले १० हजार र वाँकी चार समुहले पाँच÷पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । आईतवारसम्म भएको प्रतिष्पर्धामा सरस्वती सामुदायिक महिला समुह पोखरा ३३, समाज सुधार आमा समुह पोखरा २९ र सृजना महिला समुह पोखरा २६ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

    ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवको चौथो दिन आईतवार सात हजार दर्शकहरुले अवलोकन गरेको र २० लाख बराबरको आर्थीक कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

    https://youtu.be/qYmb5HdkPhM?si=144Cgk_jKNlydDsY

    महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु श्याम राना, भुमिका गिरी, शंकर विरही गुरुङ, बिन्दा परियार, टेक क्षेत्री, कमला गैह्रे, शिवहरी ढुंगाना र उमादेवी खनालको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा सहिमा श्रेष्ठ, सन्तोष बस्याल र र्यापर शुसिलले प्रस्तुती दिएका थिए ।

    सोमबार् लोकदोहोरी कलाकारहरु शिव हमाल, चोलेन्द्र पौडेल, वसन्त वि.क, अस्मिता डल्लाकोटी, पार्वती गुरुङ्ग, नविना सुवेदी हास्यकलाकार सुन्दर खनाल (नट्टी वावा) र बेलुका कन्सर्टमा जेम्सी र्यापरको प्रस्तुती रहने आयोजकले जनाएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

    https://youtu.be/qYmb5HdkPhM?si=144Cgk_jKNlydDsY

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं