SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/८ गते
    २१२ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्मगर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी ¥याली प्रर्दशन गरिने भएको छ ।“महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र समुदायको भेषभुषा र संस्कृती झल्कने गरि झाँकी ¥याली प्रर्दशन गरिने भएको हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY

    महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा सम७३घढसह, टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलीक संस्कृती र जातीय भेष भुषाको पहिचान हुने गरि ब्यवस्थीत रुपमा झाँकी ¥याली प्रर्दशन गर्न लागिएको हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY

    झाँकी ¥याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग बाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घरआगनको पर्वको रुपमा लिएर सहभागी हुनका लागि अनुरोेध गर्नु भएको थियो । साँस्कृतीक कार्यक्रम संयोजक मेजर रामप्रसाद गुरुङले कार्यक्रम प्रस्तुतिका निती, नियम र परिधीमा रहेर पुरस्कृत गरिने जानकारी गराउनृ भएको थियो भने संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु), उप महासचिव भरतराज ओझाले यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि महोत्सव गर्न लागिएको र विगतमा भएका कमि कमजोरीहरु हटाएर परिस्कृत रुपमा महोत्सव हुने विश्वास दिलाउनु भएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY

    महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफल, होटल तथा रेष्ट७३घढसरेण्टका गरि करिव तीन सय ३५वटा स्टलहरु रहनेछन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजनगरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए

    https://youtu.be/qYmb5HdkPhM?si=Ti7fzZFSsJGlxfKY

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं