
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग

पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकबाट बिशेष कार्यक्रमको बिच शुुभारम्भ गरिएको हो । निजी स्तरमा ठूला स्वास्थ्य संस्था नभएको पर्वतमा जिल्लाकै सबैभन्दा ठूलो र सरकारी पर्वत अस्पतालमा सेवा सञ्चालनमा ल्याइएको हो।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गण्डकी प्रदेशकै नमुना र राम्रो अस्पतालको रुपमा काम भैईरहेको मा खुसी ब्यक्त गर्दै, अस्पतामा आवस्यक दरबन्दी थप साथै ५० सैया थप गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले स्वागत मन्तब्य राख्दै ‘प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्किएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको बताउनु भयो । , ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँको बाध्यता थियो। सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा महत्त्वपूर्ण हुने बताउनु भयो ।
पर्वत सहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको,साथै निरन्तर रुपमा ‘फिजियोथेरापी’ सेवा लिएमा निकै उपलब्धी मूलक हुने कुरा बताउनुभयो ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको बताउनुभयो ।
सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा प्रमीला लामिछाने नियुक्त भई आएपछि संरचना व्यवस्थापनको काम सकेर सेवा सुरु गरिएको बताउनुभयो ।
‘फिजियोथेरापी’ विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ।
https://youtu.be/GIWL8V2f_io?si=5WAjOONUcAaHdVQR
यससँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले पनि चलिरहेका छन्। अहिले सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटा सम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेडिकल रेकडर निरिक्षक प्रकास सुबेदीले गर्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=5WAjOONUcAaHdVQR


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया