SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/६ गते
    ७७७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकबाट बिशेष कार्यक्रमको बिच शुुभारम्भ गरिएको हो । निजी स्तरमा ठूला स्वास्थ्य संस्था नभएको पर्वतमा जिल्लाकै सबैभन्दा ठूलो र सरकारी पर्वत अस्पतालमा सेवा सञ्चालनमा ल्याइएको हो।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गण्डकी प्रदेशकै नमुना र राम्रो अस्पतालको रुपमा काम भैईरहेको मा खुसी ब्यक्त गर्दै, अस्पतामा आवस्यक दरबन्दी थप साथै ५० सैया थप गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले स्वागत मन्तब्य राख्दै ‘प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्किएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको बताउनु भयो । , ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँको बाध्यता थियो। सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा महत्त्वपूर्ण हुने बताउनु भयो ।

    पर्वत सहित आसपासको क्षेत्रका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको,साथै निरन्तर रुपमा ‘फिजियोथेरापी’ सेवा लिएमा निकै उपलब्धी मूलक हुने कुरा बताउनुभयो ।

    कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको बताउनुभयो ।

    सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा प्रमीला लामिछाने नियुक्त भई आएपछि संरचना व्यवस्थापनको काम सकेर सेवा सुरु गरिएको बताउनुभयो ।

    ‘फिजियोथेरापी’ विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ।

    https://youtu.be/GIWL8V2f_io?si=5WAjOONUcAaHdVQR

    यससँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले पनि चलिरहेका छन्। अहिले सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटा सम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेडिकल रेकडर निरिक्षक प्रकास सुबेदीले गर्नुभएको थियो ।

    https://youtu.be/GIWL8V2f_io?si=5WAjOONUcAaHdVQR

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं