SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/३ गते
    ४९१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । हरेक दिन थोरै मात्रामा वाइन पिउँदा मुटु जोगिने स्पेनमा गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययन मुटुसम्बन्धी रोगको उच्च जोखिम भएका ६० वर्ष माथिको मानिसहरूमाझ गरिएको थियो ।

    यसमा दैनिक एक चौथाइ ग्लास वाइन पिउनेहरूमा पिउँदै नपिउने मानिसहरूको तुलनामा हर्ट एट्याक वा स्ट्रोक जस्ता मुटुसम्बन्धी रोग लाग्ने जोखिम ५० प्रतिशतले घटेको पाइयो । तर दिनको एक ग्लासभन्दा धेरै वाइन पिउनेहरूमा भने वाइनले पार्ने सुरक्षात्मक प्रभाव हराएको अध्ययनका लेखक डा.रामोन एस्ट्रचले भनेका छन् । एष्ट्रचले बार्सिलोना विश्वविद्यालयमा मुटुसम्बन्धी रोग, पोष र बुढ्यौलीको अध्ययन गरिरहेका छन् ।

    यो अध्ययनले स्वस्थकर आहार (जस्तै मेडिटेरियन आहार) अपनाउँदै ठिक्क मात्रामा वाइन खानुको महत्त्व जाँचेको एस्ट्रच भन्छन् । अध्ययनले वाइनलगायतका रक्सीले स्वास्थ्यमा पार्न सक्ने चिरपरिचित क्षतिबारे विचार नगरेको आलोचकहरू बताउँछन् ।अध्ययनले थोरै मात्रामा वाइन खाँदा मुटुको रोग लाग्ने जोखिम कम हुन्छ भनेर भनेको भए पनि वाइनको बोतल खोल्नुपर्ने भरपर्दो कारण यसले देखाउन नसकेको विज्ञहरू बताउँछन् । अत्यधिक रक्सीको खपत मुटुको स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा प्रमाणित भइसकेको छ ।

    धेरै रक्सी खाँदा मुटुको रोगको जोखिम बढ्छ नै साथै उच्च रक्तचाप जस्ता समस्याका साथै कलेजोमा समस्या देखिन्छ । यसका कारण ६ थरी क्यान्सर हुन्छ भनेर हालै गरिएको एउटा अध्ययनले पनि देखाएको थियो । रक्सी खाइने ग्लासको आकारबारे पनि विज्ञहरूले प्रश्न उठाएका छन् ।

    ‘मान्छेहरूले अलिकति वाइन खानु मुटुको लागि राम्रो हो’ भनिरहेको त आफूहरूले सुनेको तर ‘धेरै वाइन खानु मुटुको लागि राम्रो होइन’ भन्ने कुरा आफूहरूलाई थाहा भएको अक्सफोर्ड विश्वविद्यालयमा कार्डियोभस्कुलर मेडिशिनका प्राध्यापक पल लिसनले भनेका छन् । लिसन यो अध्ययनमा भने सहभागी भएका थिएनन् ।एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं