SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२ गते
    १५८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा ९ वडा कमिटीको शुक्रबार भएको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।वडा कमिटीको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार, उपसचिवमा ध्रुव बहादुर थापा र लेखमाया थापा सर्वसम्मत चयन भएका छन् ।

    वडा अधिबेशन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा पुर्व सदस्य प्रभा कोइरालाले उद्घाटन गर्दै नेकपा एमालेका कार्यकर्ता जनताको समस्यालाई आफ्नो मानेर साथ र सहयोग गर्नु पर्ने बताइन् ।

    सो अबसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य चन्द्रबहादुर रोका, कास्की जिल्ला सदस्य कमल बहादुर श्रेष्ठ, पोखरा महानगर कमिटी अध्यक्ष जिवन आचार्य, सदस्य जगदीश खनाललगाएतले बोलेका थिए ।

    पोखरा ९ वडा कमिटी अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केशव भुजेलले र संचालन कृष्ण परियारले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं