
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
मेलबर्न। ३७” अग्लो ५२ केजी तौल भएको सुनको जलप सहितको वुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा एक बिशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व. धर्म बहादुर शाक्यले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज गर्ने अभियानको उद्धेस्य प्राप्ती कार्यमा राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने विस्वको महत्वपूर्ण स्थान वा निकायमा नेपाली कलाको समेत प्रबर्द्धन गर्ने अभिप्रायले अभियान मार्फत स्थापित गर्ने चाहना राख्नु भएको थियो । तदनुरुप अभियानले अमेरिकाको ट्विन टावर र नोबेल पुरस्कार बितरण गर्ने जस्ता दुई महत्वपूर्ण ठाउँहरुमा पनि राख्ने चाहना राखेकोमा ट्विन टावरमा हामीले संपर्क गर्दासम्म ढिला भएको र नोबेल पुरस्कार बितरण गरिने हल भने सो उद्धेस्य प्रयोजनका लागि मात्रै उक्त हल भाडामा लिएर काम चलाऊने गरिएको कारण त्यहाँ पनि राख्न नमिल्ने भएका कारण नोबेल पुरस्कार बितरण गर्ने संस्थाका निर्देशकलाई अभियानका तर्फबाट उपहार स्वरुप वुद्धको मूर्ति प्रदान गरिएको थियो ।
नेपालमा बन्ने वुद्धको मूर्ति अन्य देशमा बन्ने वुद्धको मूर्तिभन्दा फरक हुने भएकोले अभियानको उद्धेस्य प्राप्तीमा सहयोग पुर्याउनु र नेपाली कलायुक्त वुद्धको मूर्ति विस्वको बिभिन्न भागमा पुर्याउनु स्व. शाक्यको महान उद्धेस्य थियो ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नु अघि पञ्चकन्या सहितको सहभागीहरुले विस्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा वुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र वुद्धिस्ट झन्डा, वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका प्लेकार्ड, र बाजा गाजा सहितको केही समयको र्यालीपस्चात सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाहरुद्धारा बौद्ध परंपरा अनुसार बिधिपूर्बक पुजापाठ गरेका थिए ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधिर शाक्य, अनन्त राज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानलाई धन्यवाद ज्ञापन गर्दै लेखिएको सम्मानपत्र विस्व संयोजक श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
मन्तब्य दिने क्रममा श्रेष्ठले सरकारद्धारा गरिनुपर्ने काम सरकारद्धारा नगरिएकोले जनस्तरबाट शुरु गरी १६ बर्षको समयाबधिमा राष्ट्रिय अन्तरास्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरेको र राष्ट्र संघिय दुई महत्वपूर्ण निकायहरु अन्तरास्ट्रिय न्यायालय हेग र युनेस्को मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित वुद्धको मूर्ति राखिसकिएको सन्दर्भ उल्लेख गर्दै बान्की मून जस्ता बुद्धिस्ट राष्ट्र संघिय महासचिब भएको समयमा विस्वमा शान्ति कायम गर्ने मूल उद्धेस्य रहेको राष्ट्र संघिय मुख्यालयमा विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति राख्ने प्रकृया यथाशाक्य छिटो अगाडि बढाइनुपर्छ भनी जनवरी २०१६ मा तात्कालिन प्रधानमन्त्री के पी वलीलाई लेखिएको पतत्रानुसार राष्ट्र संघिय तात्कालिन महासचिब बान्की मूनलाई पत्राचार गरिएको भए अहिलेसम्म राष्ट्र संघिय मुख्यालयमा समेत वुद्धको मूर्ति भैसक्ने थियो भन्ने गुनासो पोख्दै अब पुन: छिट्टै नेपाल सरकारलाई घच्घच्याउने बताए ।
श्रेष्ठले बोल्ने क्रममा केही प्राबिधिक कारणले गर्दा सात देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्र सबलिकरण, ती देशको मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्तिको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह ती देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई सम्बोधन गरी तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन २०१५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात मन्त्रिपरिषदको निर्णयानुरुप ती देशमा पठाउने काम भए ताप नि फलोअप गर्ने काम नगरिएकोमा गुनासो पोखे ।
श्रेष्ठले अरुण स्वामीको २०१७ सालदेखिको अनवरत प्रयासको फलस्वरुप यही हप्ता राष्ट्र संघले आफ्नो वार्षिक क्यालेन्डरमा पार्ने गरी २१ डिसेम्बरलाई ‘विस्व ध्यान दिवस’ मनाउने निर्णय गर्नु पनि नेपालीले गौरब गर्नु पर्ने काम भएको बताउँदै देशको प्रतिस्ठाका बिषयमा उहाँले गर्दै आउनु भएका अन्य काममा पनि सफलता प्राप्त होस भनी शुभकामना ब्यक्त गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया