SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१ गते
    १६५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिकसाधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुुभएको थियो । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुुभयो । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले सोतर्फ पनि सचेत रहनउहाँले सुझाव दिनुुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=zGLRBZX-4mETcqri

    कार्यक्रममा उत्कृष्ट सदस्यहरू कृशु पौडेल, शुसिल गुरुब, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का, दावा छिरिब् शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । त्यस्तै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा शिक्षा समितिको सिफारिसमा सिष्मा गुरुब र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=zGLRBZX-4mETcqri

    संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता एवम् सचिव सोमबहादुर थापाद्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत तथा सहकारीका सात सिद्धान्त वाचन गर्नुुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाले आगामी दिनहरूमा पनि सदस्यहरूको सान्र्दभिकसाथ र सहयोग पाउने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा यसको महिमा र गरिमालाई उचो बनाउने बताउनुुभयो । सचिव थापाका अनुुसार हाल संस्थामा एक हजार ९२९ जना शेयर सदस्य एवम् शेयरपुजीँ छ करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ रहेको र संस्थाले १८ करोड ८५ लाख निक्षेप संकलन गरी १८ करोड ३१ लाख ऋण परिचालन गरेको उहाँले जानकारी दिनुुभयो ।

    https://youtu.be/qYmb5HdkPhM?si=zGLRBZX-4mETcqri

    सहकारीलाई प्रविधिमैत्री बनाउँदै यसको सञ्चालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरू निर्माण गरि सहकारीका मूल्य र मान्यता अनुरुप सञ्चालन गर्ने उहाँले स्पष्ट पार्नुुभयो । साधारणसभाले सचिव थापाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक ईश्वरीप्रसाद पौडेलद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन र कोषाध्यक्ष लिला भट्टराईद्वारा प्रस्तुत वार्षिक बजेट प्रस्ताव पारित गरेको छ । कार्यसमिति सदस्य एवम् विनियम उपसमिति संयोजक रामचन्द्र शर्मालेसंस्थाका विभिन्न विनियम निर्माणका लागि प्रस्ताव प्रस्तुत गर्नुुभएकोमा साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=zGLRBZX-4mETcqri

    उक्त अवसरमा ऋण उप समिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी रअसुलीको बारेमा सदस्यहरूलाई प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकारहरू डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुब, कानुनी सल्लाहकार दामोदर अधिकारी, जिल्ला सहकारी संघका प्रतिनिधि मैना देबी रावतले बोल्नुुभएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=zGLRBZX-4mETcqri

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं