
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ ।
यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको छ । सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औल्याए । उनीहरूले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि सुरक्षा निकायबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरे ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतले महोत्सव सफल पार्नेबारे आ–आफ्नो धारणा राखेका थिए ।
यसपटकको सडक महोत्सवमा नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सहयोग गर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने भएका छन् । महोत्सव अन्तर्गत स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले स्वास्थ्य समितिको बैठकमा बोल्दै महोत्सव उद्घाटनदेखि समापनसम्म अवलम्बन गरिनुपर्ने स्वास्थ्य रणनीतिका बारेमा प्रकाश पारेका थिए । महोत्सव गरिने चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिनुपर्ने उनले बताए । स्वास्थ्य सेवाका सवारी साधनलाई महोत्व स्थलमा सहज आवत जावतको वातावरण तयारी पारिने पौडेलको भनाई थियो ।
महोत्सव संयोजक विकास भट्टराईले रेवानले आयोजना गरेको पोखरा सडक महोत्सवमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको बताउँदै यसपटक थप व्यवस्थित पारिने बताए । स्वास्थ्य सेवा सुलभ गराउन अनुगमन समिति खटाइने भट्टराईले जनाए ।
समितिका अध्यक्ष विश्वराज पौडेलले महोत्सव स्थल भित्र नो भेइकल जोन बनाइने भएकाले सुरक्षा, स्वास्थ्य, पार्किङ लगायतका विषयहरूमा आयोजकहरूले विशेष निगरानी राख्नुपर्नेमा जोड दिए । त्यसैगरी हेल्प डेक्स तथा हेल्थ डेक्समा क्युआर कोड, हटलाइन सेवाको व्यवस्था गरिने बताउनुभयो ।
महोत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम विगतको भन्दा थप आकर्षक, सभ्य, भव्य बनाउने सांस्कृतिक उपसमितिको तयारी रहेको छ । विगतको भन्दा केहि पृथक स्वाद दिन समुहले फरक साँस्कृतीक कार्यक्रम सांस्कृतिक संयोजक चौ बहादुर गुरुङ्गले बताए । रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बैठकहरु सञ्चालन गर्दै सडक महोत्सव रेवानले आयोजना गरेतापनि समग्रमा यो पोखराकै पहिचान भएकाले यसलाई सफल पार्न पोखरेली एकताको खाँचो रहेको औंल्याए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया