SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१ गते
    १६१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चल छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेका खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा कक्षा ६ (सी) रोल नं. ३१ की छात्रा सम्भवी जैसीले वनाएको चित्र उत्कृष्ट भएको घोषणा निर्णायकले गरेका थिए ।

    निर्णायक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य नगेन सिं ठकुरीले जलवायु परिवर्तनका असर र चुनौतीहरु विषयमा विद्यार्थीहरुले वनाएको चित्रको खुल्ला रुपमा विद्यार्थीहरु कै अगाडि कुन चित्र के कारणले उत्कृष्ट भयो भन्ने वताउँदै घोषणा गरेका थिए । त्यसै गरी कक्षा ८ (सी) रोल नं. ११ की अनुष्का पंगेनी दोश्रो र कक्षा १२ (इ) रोल नं. ७३८ का सुवित गिरी तेश्रो भएका थिए ।

    प्रथमः दितिय र तृतियलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने छ भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र दिइे कार्यक्रम संयोजक छविलाल पनेरुले वताए । त्यसै गरी नगेन आर्ट एकेडेमीका अध्यक्ष तथा निर्णायक प्राज्ञ नगेन सिंह ठकुरीले उत्कृष्ठ ३ जनालाइ आफ्नो एकेडेमीमा २५ प्रतिशत छुट दिने घोषणा पनि गरेका थिए ।

    सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, सदस्य गणेश जिसी, विजय पौडेल लगाएतले प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई धन्यवाद दिदैं विद्यार्थीहरुलाई पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु पनि गर्नुपर्ने वताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं