SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२९ गते
    १९० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल शानदार मतसहित विजयी भएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठवन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेल विजयी भएका हुन् ।

    उनले ४०१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १७८ मत प्राप्त गरे ।यस्तै उपाध्यक्ष प्रकाश पौडेलले ४०२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी एवं महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जराले १६४ मत प्राप्त गरे ।

    यता, महिला उपाध्यक्षमा मायाकुमारी अधिकारी ४०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कमला खत्री केसीले १४५ मत प्राप्त गरिन् ।महासचिवमा जमुना वर्षा शर्मा विजयी भएकी छन् । उनी महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष हुन् । उनले ३४७ मत प्राप्त गर्दा दीपक परियार २३१ मत प्राप्त गरे ।

    सचिवमा भविश्वर पाण्डे ३७८ मतका साथ विजयी हुँदा ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे ।सचिव (समाबेशी) मा रोशनी गुरुङले ४२० मत प्राप्त गरी विजयी हुँदा रामबहादुर घले परियारले १४५ मत प्राप्त गरे भने कोषाध्यक्षमा रमेश बस्ताकोटीले ३५२ मत प्राप्त गरी विजयी हुँदा सागरराज तिमिल्सिनाले २०७ मत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं