SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२९ गते
    १८० &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा । क्षेत्री समाज नेपाल वडा समिति पोखरा १६ ले विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ। पोखराको पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रमका विच संस्थाको विकासमा योगदान पुर्याएका पत्रकार शिशिर पौडेल, यदुनाथ बञ्जारा, प्रकाश अधिकारी, पारिजात खराल,सञ्जय थापा, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समिति, भजन समुह र समाजले आयोजना गरेको नवदुर्गा झाँकीका सहभागीलाई सम्मान गरेको हो ।

    उनीहरूलाई समाजका कास्की अध्यक्ष दिलबहादुर अधिकारी, कोषाध्यक्ष सन्दिप थापा, महानगर अध्यक्ष कृष्णबहादुर थापा,वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँ लगायतले खादा, मायाको चिनो र सम्मान पत्र प्रदान गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले राष्ट्रिय अखण्डता र सामाजिक एकताका लागि क्षेत्री समाज सदैव अग्र भागमा रहेको बताउनुभयो । जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाजको १६नं वडा समिति निकै किर्याशिल रहेको भन्दै प्रशंसा गर्नुभयो।

    वडा समितिका कार्यबाहक अध्यक्ष राम शरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोविन्द बहादुर थापाले गर्नुभएको थियो। रमाईलो वनभोज सहित भएको कार्यक्रममा विभिन्न खेलमा विजयी वल बहादुर थापा, लक्ष्मी जि सि , सिता बस्नेत , चरित्र थापालाई पुरस्कार प्रदान गरिएको थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं