SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२७ गते
    १४४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो ।

    एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखै अगाडी हिमाल । यि सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्नेछ । पोखराको प्रमुख आकर्षण फेवातालबाट झण्डै २ सय मिटर दुरीमा अवस्थित रिसोर्टले पाहुनाहरुका लागि स्वास्थ्यवर्दक खाना पस्किने गर्दछ । विदेशीसंगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ । ‘कोदो, फापर, मकै लगायतका परिकारलाई हामीले महत्व दिएका छौं–रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताए ।

    स्वस्च्छ शान्त बगैचामा विहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नैं ल्यापटप माफर्त दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ । विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नों अनुभवको पूर्ण सदुपयोग गरेका छन् । साँघुरिएको लेकसाइडभित्र प्रयाप्त पार्किङ क्षेत्र सहितको रिसोर्टमा अनुभवि कर्मचारीद्वारा प्रदान गरिने सेवाले पाहुनालाई भरपुर सन्तुष्टि दिन सकिने पोखरेलको विश्वास छ । मध्यम बजेटका पाहुना लक्षित रिसोर्टले प्रारम्भमा २० प्रतिशत छुट प्रदान गरेको छ । छुट अवधी तीन महिनाको रहने सञ्चालक पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं