
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई २–१ ले पराजित गर्दै त्रिवेणी पब्लिक विजयी भएको हो । कास्की मोडनाइज्ड एकेडेमी दोस्रो हुदा प्रतियोगितामा लिटिल फल्वार एजुेकेशनल एकेडमी र न्यू लेखनाथ पब्लिक एकेडेमी तृतीय भएको दश जोड दुई फुटसल संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी टेबलटेनिस तर्फ छात्रा सिनियर तर्फ वड्स एकेडेमी प्रथम भएको छ । त्यसैगरी अल्फा एकेडेमी द्धितीय तथा लाभिन रेसिडेन्सियल स्कुल र युनिभर्स इंगलिस वोर्डिङ स्कुल तृतीय भएका छन् ।
त्यसैगरी छात्र सिनयर तर्फ वड्स एकेडेमी प्रथम, त्रिवेणी पब्लिक द्धितीय तथा गण्डकी एकेडेमी र सिद्धिविनायक वोर्डिङ स्कुल तृतीय भएको टेबलटेनिस संयोजक शिवराज पौडेलले जानकारी दिनुभयो । जुनियर तर्फको छात्र छात्रा खेल बिहीबार विहान देखि सञ्चलान हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै बिहीबार नै भएको छात्र ह्याण्डबल तर्फ अञ्जुली बोर्डिङ स्कुल, सिद्धिविनायक बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी, सिद्धार्थ लवडेल सेमिफाइनलमा प्रवेश गरेका छन् भने छात्रा तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, अक्सफोर्ड वोर्डिङ स्कुल, त्रिवेणी पब्लिक र कान्तिपुर एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्दैछन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ।खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया