
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा रंगशालास्थि टेनिस सेन्टरमा आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएका छन् भने डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट लयलाई जारी राख्दै ब्वाइज सिंगल्सतर्फ आरव सम्राट हाडा क्वार्टर फाइनल प्रवेश गरे । आरवले चिनका केजुन डेबलाई ६–०, ६–० को सोझो सेटमा रोक्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।
त्यस्तै गल्र्स सिंगल्सतर्फ सुनिरा थापा र शिवाली गुरुबले समेत आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । सुनिराले भारतकी वृन्दिका भगवत राजपूतलाई ६–४, ६–१ को सेटमा पराजित गर्दा शिवालीले भारतकै श्रेया देशपाण्डेलाई ६–१, ६–० ले पराजित गरिन् । तर ब्वाइज सिंगल्समा नै नेपाली खेलाडी आयुष्मान हजुर घले भने भारतीय खेलाडी आश्रव्य मेहरा संग ६–२, ६–२ को सोभो सेटमा स्तव्ध हुन पुगे भने सक्षम विक्रम शाह चीनका हैनुओ गुओ संग उत्कृष्ट खेलको नमुना पेश गर्दै २–१ को सेटमा पराजित हुन पुगे । खेलमा पहिलो सेट २–६ ले आत्साथ गरेका सक्षमले पछिल्ला दुई सेट ६–३, ६–४ ले गुमाए भने प्रणव मानन्धर भारतका ओजस मेहलावत संग ६–३, ६–० को सोझो सेटमा पराजीत भए ।
यस्तै ब्वाइज सिंगल्सतर्फ नै अधिकांश भारतीय खेलाडीहरुले कोर्टमा आफ्नो दबदवा पेश गर्दा चीनका शियुयुआन गुओ अस्ट्रेलियाका प्रतिक नविनले भने क्वार्टरफाइनलमा यात्रा तय गरेका छन् । चीनका शियुयुआनले भारतका आरूष भल्लालाई ६–१, ६–० तथा अस्ट्रेलियाका प्रतिकले भारतका आदित्य मोरलाई ७–६( ३), ६–४ ले पराजित गरे ।
यसै गरी ब्वाइज सिंगल्समा प्रवीर मुकेश छावडा (भारत) ले प्रकाश सारन (भारत) लाई ६–४, ६–४, अधिराज ठाकुर (भारत) ले शौनक चटर्जी ( भारत) लाई ६–४, ६–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । यसै गरी ब्वाइज डबल्सतर्फ आदित्य मोर र अधिराज ठाकुर (भारत) ले आर्यन कंकरवाल र रौनक कश्यप (भारत) लाई ६–२, ६–२, प्रणव मानन्धर र राज वीर प्रधान (नेपाल) ले प्रवीर मुकेश छावडा र आश्रव्य मेहरा (भारत) लाई ६–३, ६–०, आरव चावला र ओजस मेहलावत (भारत) ले विवान बिडासरिया र चन्नमल्लिकार्जुन याले ( भारत) लाई टाइव्रेकरमा ३–६, ६–२, (११–९) ले हराउँदै सेमीफाइनल यात्रामा आफूलाई शुरक्षित गरेका छन् । ब्वाइज डबल्सतर्फ क्वार्टरफाइनलको अझै एक खेल बाँकी रहेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । यता गल्र्स सिंगल्सतर्फ नं १ खेलाडी महिका खन्ना (भारत)ले स्वस्तिका बिष्ट ( नेपाल)लाई ६–२, ६–४ ले
पराजित गरेकी छन् । त्यस्तै यिजिया झाओ (चीन)ले दिशा बेहरा (भारत) लाई ६–४, ६–३, मार्टा चोगसोमजाभ (मंगोलिया)ले मानसी सिंह (भारत) लाई ६–०, ६–१, अपारा खन्दारे (भारत)ले आफ्नै देशकी प्रतिद्वन्दी एन्जल पटेललाई ६–१, ६–४ ले, टियानरन डब ( चीन) ले सौम्या चटर्जी (भारत)लाई ६–३, ६–४, अरजान खोराकिवाला (भारत)ले भारतकै शगुन कुमारीलाई ६–३, ६–२ ले हराइन् । यसै गरी गल्र्स डबल्सतर्फ नेपाली खेलाडी शिवाली गुरुब र सुनिरा थापाको जोडीले सेमीफाइनलमा स्थान पक्का गरे ।
उनीहरुले भारतिय जोडी महिकाखन्ना र शाताक्षिका सहायाकलाई ६–०, ६–४ ले पराजित गरे । यस्तै गरी भारतीय जोडी एन्जल पटेल र सयेटे वराडकरले आफ्नै देशका श्रेया देशपाण्डे र मायराटोपनालार्ई ६–४, ६–० ले पराजित गर्दा मार्टा चोगसोमजाभ (मंगोलिया) र यिजिया झाओ (चीन)को जोडीले स्वस्तिका बिष्ट (नेपाल) र अपारा खन्दारे (भारत) लाई ६–३, ६–० ले तथा दिशा बेहरा र अरजान खोराकिवाला (भारत)ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६–१, ७–५ ले हराउँदै अन्तिम चारमा पुगेका छन् ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स, महिला सिङ्गल्स तथा डबल्स गरि चार इभेन्टमा प्रतियोगिता संचालन भएको हो । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया