SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२६ गते
    २०४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा रंगशालास्थि टेनिस सेन्टरमा आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ प्रिक्वार्टर फाइनलका खेलहरु सम्पन्न भएका छन् भने डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा नेपाली खेलाडीहरुले उत्कृष्ट लयलाई जारी राख्दै ब्वाइज सिंगल्सतर्फ आरव सम्राट हाडा क्वार्टर फाइनल प्रवेश गरे । आरवले चिनका केजुन डेबलाई ६–०, ६–० को सोझो सेटमा रोक्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

    त्यस्तै गल्र्स सिंगल्सतर्फ सुनिरा थापा र शिवाली गुरुबले समेत आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । सुनिराले भारतकी वृन्दिका भगवत राजपूतलाई ६–४, ६–१ को सेटमा पराजित गर्दा शिवालीले भारतकै श्रेया देशपाण्डेलाई ६–१, ६–० ले पराजित गरिन् । तर ब्वाइज सिंगल्समा नै नेपाली खेलाडी आयुष्मान हजुर घले भने भारतीय खेलाडी आश्रव्य मेहरा संग ६–२, ६–२ को सोभो सेटमा स्तव्ध हुन पुगे भने सक्षम विक्रम शाह चीनका हैनुओ गुओ संग उत्कृष्ट खेलको नमुना पेश गर्दै २–१ को सेटमा पराजित हुन पुगे । खेलमा पहिलो सेट २–६ ले आत्साथ गरेका सक्षमले पछिल्ला दुई सेट ६–३, ६–४ ले गुमाए भने प्रणव मानन्धर भारतका ओजस मेहलावत संग ६–३, ६–० को सोझो सेटमा पराजीत भए ।

    यस्तै ब्वाइज सिंगल्सतर्फ नै अधिकांश भारतीय खेलाडीहरुले कोर्टमा आफ्नो दबदवा पेश गर्दा चीनका शियुयुआन गुओ अस्ट्रेलियाका प्रतिक नविनले भने क्वार्टरफाइनलमा यात्रा तय गरेका छन् । चीनका शियुयुआनले भारतका आरूष भल्लालाई ६–१, ६–० तथा अस्ट्रेलियाका प्रतिकले भारतका आदित्य मोरलाई ७–६( ३), ६–४ ले पराजित गरे ।

    यसै गरी ब्वाइज सिंगल्समा प्रवीर मुकेश छावडा (भारत) ले प्रकाश सारन (भारत) लाई ६–४, ६–४, अधिराज ठाकुर (भारत) ले शौनक चटर्जी ( भारत) लाई ६–४, ६–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । यसै गरी ब्वाइज डबल्सतर्फ आदित्य मोर र अधिराज ठाकुर (भारत) ले आर्यन कंकरवाल र रौनक कश्यप (भारत) लाई ६–२, ६–२, प्रणव मानन्धर र राज वीर प्रधान (नेपाल) ले प्रवीर मुकेश छावडा र आश्रव्य मेहरा (भारत) लाई ६–३, ६–०, आरव चावला र ओजस मेहलावत (भारत) ले विवान बिडासरिया र चन्नमल्लिकार्जुन याले ( भारत) लाई टाइव्रेकरमा ३–६, ६–२, (११–९) ले हराउँदै सेमीफाइनल यात्रामा आफूलाई शुरक्षित गरेका छन् । ब्वाइज डबल्सतर्फ क्वार्टरफाइनलको अझै एक खेल बाँकी रहेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । यता गल्र्स सिंगल्सतर्फ नं १ खेलाडी महिका खन्ना (भारत)ले स्वस्तिका बिष्ट ( नेपाल)लाई ६–२, ६–४ ले

    पराजित गरेकी छन् । त्यस्तै यिजिया झाओ (चीन)ले दिशा बेहरा (भारत) लाई ६–४, ६–३, मार्टा चोगसोमजाभ (मंगोलिया)ले मानसी सिंह (भारत) लाई ६–०, ६–१, अपारा खन्दारे (भारत)ले आफ्नै देशकी प्रतिद्वन्दी एन्जल पटेललाई ६–१, ६–४ ले, टियानरन डब ( चीन) ले सौम्या चटर्जी (भारत)लाई ६–३, ६–४, अरजान खोराकिवाला (भारत)ले भारतकै शगुन कुमारीलाई ६–३, ६–२ ले हराइन् । यसै गरी गल्र्स डबल्सतर्फ नेपाली खेलाडी शिवाली गुरुब र सुनिरा थापाको जोडीले सेमीफाइनलमा स्थान पक्का गरे ।

    उनीहरुले भारतिय जोडी महिकाखन्ना र शाताक्षिका सहायाकलाई ६–०, ६–४ ले पराजित गरे । यस्तै गरी भारतीय जोडी एन्जल पटेल र सयेटे वराडकरले आफ्नै देशका श्रेया देशपाण्डे र मायराटोपनालार्ई ६–४, ६–० ले पराजित गर्दा मार्टा चोगसोमजाभ (मंगोलिया) र यिजिया झाओ (चीन)को जोडीले स्वस्तिका बिष्ट (नेपाल) र अपारा खन्दारे (भारत) लाई ६–३, ६–० ले तथा दिशा बेहरा र अरजान खोराकिवाला (भारत)ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६–१, ७–५ ले हराउँदै अन्तिम चारमा पुगेका छन् ।

    प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स, महिला सिङ्गल्स तथा डबल्स गरि चार इभेन्टमा प्रतियोगिता संचालन भएको हो । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं