
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल कोर्टमा ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो ।
अन्नपूर्ण गाउँपालिका बास्केटबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले मंगलबारदेखि हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट सहभागिता हुन पाउने बताए ।
‘कृषि, पर्यटन र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्यमबाट समेत गाउँपालिकालाई अगाडि बढाएका छौं, अध्यक्ष गुरुङले ‘युवाहरुलाई एकजुट बनाएर अगाडि बढाउन मंसिर २५ देखि २९गतेसम्म गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता आयोजना गरेका छौं, प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै पालिकाबाट सहभागिता हुने विश्वास लिएका छौं ।’
लिक कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १२ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५र१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५र१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।गण्डकी प्रदेशस्तरीय अन्त पालिका पुरुष बास्केटबल प्रतियोगिता ५×५ हुनेछ भने महिलातर्फ ३×३ हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया