
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले मंसिर १९ गतेदेखि पोखरा रंगशालामा आयोजना गरेको प्याब्सन स्पोर्टस् मीट २०८१ समापन समारोहका प्रमुख अतिथि भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने उल्लेख गर्नुभयो ।
‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ । शिक्षा क्षेत्रमा राज्यको एक चौथाई भार वहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सकोस् भन्ने म शुभकामना व्यक्त गर्दछु।’ उहाँले भन्नुभयो ।
समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनको लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
सयौं विद्यार्थीहरूलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उहाँले निजी विद्यालयहरु राज्यका महत्वपूर्ण सहयोगी अंगका रुपमा रहेको उल्लेख गर्नुभयो ।
‘निजी क्षेत्रलाई सेवामुखी बनाउन राज्यका तर्फबाट नीतिगत विभेदको अन्त्य गरी सहुलियतहरु प्रदान गर्ने र लगानीमैत्री वातावरण सिजर्ना गर्न सरकारको ध्यान गएको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो– ‘निजी विद्यालयहरुको संगठन र सरकारी संयन्त्रबीचको पारस्परिक विश्वास र सहकार्यमा जोड दिँदै अघि बढ्दा शिक्षा क्षेत्रको हित नै हुनेछ ।’
नेपालको शिक्षाको विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्नेमा सरकारले जोड दिएको उहाँको भनाई छ ।
प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षता युक्त मानिसहरुको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको अव विकल्प रहने बताउनुभयो । शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीहरुलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालयहरु सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई खेलकुदमा समेत उत्तिकै संलग्न गराउन जोड दिँदै भट्टले खेल क्षेत्रबाटै व्यक्ति र राष्ट्रले विश्वमाझ आफूलाई चिनाउने बताउनुभयो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया