SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२३ गते
    २२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

    स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् ।उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ गीतको भिडियो भर्खरै मात्र OSR Digital र ‘बर्दिवास मिडिया हाउस’ मार्फत सार्वजनिक गरिएको छ ।

    १८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर ‘उल्टो साइकल यात्री’ को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छायाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् । गीतको भिडियोमा पोखरेललाई शिक्षिका सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् ।

    पोखरेल स्वयंले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवास वासी लगाएत नेपालीहरूको मन मुटुमा बस्न सफल भएको छ । स्वास्थ्यकर्मी पनि रहेका पोखरेलले दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन् ।

    उक्त गीत हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं