SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२२ गते
    १५७ &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् ।

    शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सय भन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए ।कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव.वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले,“ रोग लुकाउन हुदैन,समय समयमा स्वास्थ्य परिक्षण नगर्दा जटिल दिर्ग रोग लाग्न सक्छ, भन्दै यस्ता शिविररुले नियमित परिक्षण गराउनु पर्छ भन्ने जनचेतना फैल्याउने भएकाले कार्यक्रम निकै महत्वपुर्ण रहेको बताउनु भयो । तिम्सिनाले २५ न. वडाले गत वर्ष देखि सञ्चालन गरेको वडा नगरिक आरोग्य कार्यक्रम निकै प्रभावकारी भएको हुदा यस वर्ष पनि निरन्तरता दिने उल्लेख गर्नुभयो । शुभकामना दिदै आयोजित शिविर बारे डा.बाचपाती सुबेदीले उपस्थित सम्पुर्णमा थप प्रकास पार्नु भएको थियो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा न.२५ का वडा सदस्य कृष्ण व.कुवर,समाजसेवी एवं तत्कालीन हेमजा गा.वि.स का पुर्व अध्यक्ष रामचन्द त्रिपाठी,गौरीशंकर मा.वि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर मा.विका प्र.अ अम्वर ब. कुंवर,नेपाली कांग्रेस वडा न.२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी,नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, ने.क.पा माओवादी केन्द्र हेमजाका अध्यक्ष माधव अधिकारी,गौरीशंकर आमा समुह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवाक्लब, महिला संजाल, आमासमुह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    स्वास्थ्य क्षेत्र तर्फ बाट स्वास्थ्य माकहाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डाक्टर प्रतिभा बत्स्याल, डा.रमेश रोका, डा. कृष्ण थापा, डा.सुजन बराल, डा.सर्मिला अधिकारी साथै ल्याब टेक्निसियन नाफिसा खातुन, सरिता सिञ्जाल, सि.अ.न.मि देवी अर्मजा थापा लगायतको उपस्थिति रहेको थियो ।

    गोरीशंकर मा.वि हेमजामा गौरीशंकर आमा समुहको सहजिकरणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनप्रगतिशिल मञ्चका अध्यक्ष मोहन पौडेलले र स्वागत गौरीशंकर आमा समुहकी अध्यक्ष उमा भुर्तेल पौडेल र संचालन आमा समुह उपाध्यक्ष लक्ष्मी आर्चाय पौडेले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं