
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ऋग्वेद जस्ता पूर्वीय वाङ्मयसँग सम्बन्धित ग्रन्थहरु केवल परम्परागत धर्मग्रन्थ मात्र नभएर नेपाली समाजका सांस्कृतिक धरोहर रहेको बताउनुभएको छ ।मुक्त फाउण्डेशन पोखरा र गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुई दिवसीय ऋग्वेद र हिमालयः दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्दै प्रमुख अतिथि भट्टले ऋग्वेद एवं अन्य पूर्वीय वाङ्मयका सम्बन्धमा वस्तुगत अध्ययनको नयाँ परम्परा स्थापित गर्न यस्ता सम्मेलनले सघाउ पुग्ने बताए ।
संस्कृति र पर्यटन मूल मन्त्रका साथ ऋग्वेदीय परम्परा र हिमालय क्षेत्रका विविध संस्कृतिहरुसँगको यसको सम्बन्धको गहिरो अन्वेषण गर्ने लक्ष्यका साथ दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गरिएको आयोजकले जनाएको छ ।देश विदेशका स्कलर्स, रिसर्चर सहभागी सम्मेलनमा ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयाम, हिमालय संस्कृति र पर्यटनका बारेमा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गरिने र विद्वत छलफल गरिने कार्यक्रम छ ।
प्रदेश प्रमुख भट्टले नेपाल लगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे गरिने विचार मन्थन फलदायी हुने विश्वास लिँदै सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै धर्म, संस्कृति तथा पर्यटन सम्बन्धी नीति निर्माण र कार्यान्वयनमा रहेका पदाधिकारी एवं प्राज्ञिकहरु लाभान्वित हुनेमा आशावादी रहेको बताउनुभयो ।वैदिक ज्ञान एवं आधुनिक समाज विज्ञानका ज्ञाताहरुका बीचमा वस्तुगत अध्ययनका लागि सहकार्यको नयाँ सम्भावना खुलेको बताउँदै प्रदेश प्रमुख भट्टले यस्ता सम्मेलनले हिमाली समाज र संस्कृतिका मूल्य र मान्यताको जागरणको ढोका खुल्ने उल्लेख गर्नुभयो ।
‘हिमालय क्षेत्रको सांस्कृतिक तथा धार्मिक परिदृश्यलाई गहिरो रुपमा प्रभाव पारेको ऋग्वेद, मानव जातिको सबैभन्दा पूरानो र र प्रभावशाली ग्रन्थहरुमध्ये एक हो । मानवताको संरक्षण र पृथ्वीको संरक्षण जस्ता सार्वभौम सिद्धान्तमा आधारित यस ग्रन्थ २१ औं शताव्दीमा मानवमूल्यहरूको संकट सामनाका लागि सहयोगसिद्ध हुने ठानी आयोजकले सान्दर्भिक र समयसापेक्ष विषयमा आयोजना गरेको यो सम्मेलन महत्वपूर्ण छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
ऋग्वेदीय सिद्धान्तहरूको पुनरावलोकन र पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथै हिमालय संस्कृतिमा परेको प्रभाव र आधुनिक चुनौतीहरुको समाधानको लागि सम्भाव्य अन्वेषण गर्ने प्रयासले मूर्त रुप लिन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची पनि बोल्नुभएको थियो ।
सम्मेलनका विशेष वक्ताहरुमा प्राडा विणा पौडेल, छक्क बहादुर लामा, प्राडा कृष्णचन्द्र शर्मा, प्राडा विनोद पोखरेल, प्राडा ऋषिराम रेग्मी रहनुभएको छ । माया तिम्सिना, डा. महाश्रम शर्मा, सचिव कुलमान सिंह गुरुङ्ग, डा. रिपु कुँवर, समाजशास्त्री विष्णु बसेललगायतले पनि आफ्ना धारणा राख्नुहुनेछ ।
आयोजक मुक्त फाउण्डेशनका दामोदर त्रिपाठीका अनुसारकार्यक्रममा २८ वटा कार्यपत्र प्रस्तुत गरनेछ । वैदिक ज्ञानको पवित्रीकरण र हिमालय क्षेत्रमा साँस्कृतिक÷सम्पदा अन्तराष्ट्रिय पर्यटनको सम्भावना दुई विषयमा प्यानल छलफल हुनेछन् । सम्मेलनको अन्तमा कार्यक्रमको उपलब्धिसहित भावी रणनीतिका सम्बन्धमा पोखरा महानगरका मेयर र विज्ञहरुका बीचमा विशेष छलफल हुने कार्यक्रम रहेको उनले जनाए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया