SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२० गते
    १५२ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड, पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ ।

    करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिनु भएको हो । विद्यालयले विहीवार एक कार्यक्रमका विच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ ।सो विद्यालयमा लामो समय अध्यापन गराउनु भएका पोखरा १६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई,पुर्व अध्यक्ष नरनाथ भट्टराइ, गोविन्द वहादुर वस्नेत,प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनो सहित दोशल्ला ओढाएर विदाई गर्नुभयो ।

    कार्यक्रममा वोल्दै समितिका जेष्ठ सदस्य भट्टराइले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गर्नुभयो । प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा अधिकारीले पुर्याउनु भएको योगदानको प्रशंशा गर्दे आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको वताउनु भयो ।सहायक प्रधानाध्यापक रामवहादुर वाँनियाले आफ्नो विज्ञतालाई शैक्षिक क्षेत्रमै लगाउन सुझाव दिनुभयो ।शिक्षक अधिकारीले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो ।

    उहाँले देशभरि नै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुन सफल विद्यालयमा तीन दशक वढि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गर्नुभयो ।विद्यार्थीलाई सपना देख्न अभिपे्ररित गर्दै अधिकारीले लक्ष्यमा पुग्न मेहनत आवश्यक रहेको वताउनु भयो । सो विद्यालयका भुपु विद्यार्थी समेत रहेका हालका विज्ञान विभाग प्रमुख सुशील देवकोटाले अधिकारी अँग्रेजी विषयको विज्ञ रहेको वताउदै, उहाँको अध्यापन कौशलवाट धेरै कुरा सिक्न सकिने स्मरण गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर र सल दिएर सम्मान गरेका थिए । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक भेषराज पौडेलले गर्नुभएको थियो ।सहभागी विद्याथीले पञ्चेबाजा बजाउँदै, आफ्ना प्रिय गुरुलाई निवाससम्मै पुर्याएका थिए ।

    वि.सं. २०४४ सालमा घाचोकको हालको शुक्लागण्डकी माविवाट शिक्षण पेशामा प्रवेश गर्नुभएका अधिकारीले वि.सं. २०४६ देखि २०४८ सम्म विन्ध्यवासिनी मावि, २०४९ देखि २०५२ सम्म राष्ट्रिय मावि र त्यसपछि फेरी निरन्तर रुपमा विन्ध्यवासिनी माविमा अध्यापन गराउनु भएको थियो । वि.सं. २०६८ मा विद्यालयको प्रधानाध्यापक समेत वन्नुभएका अधिकारीले २०७६ मा काज मिलाएर केही समय कोशी प्रदेशका प्रदेश प्रमुखको स्वकीय सचिव समेत वन्नुभयो ।उहाँले शिक्षण सिकाई र टे«नरका रुपमा कोरिया, जापान, अष्ट्रेलिया लगायतका विभिन्न देशको भ्रमण गरी शैक्षिक अनुभव आदानप्रदान गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं