
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर उजाड, पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ ।
करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिनु भएको हो । विद्यालयले विहीवार एक कार्यक्रमका विच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ ।सो विद्यालयमा लामो समय अध्यापन गराउनु भएका पोखरा १६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई,पुर्व अध्यक्ष नरनाथ भट्टराइ, गोविन्द वहादुर वस्नेत,प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनो सहित दोशल्ला ओढाएर विदाई गर्नुभयो ।
कार्यक्रममा वोल्दै समितिका जेष्ठ सदस्य भट्टराइले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गर्नुभयो । प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा अधिकारीले पुर्याउनु भएको योगदानको प्रशंशा गर्दे आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको वताउनु भयो ।सहायक प्रधानाध्यापक रामवहादुर वाँनियाले आफ्नो विज्ञतालाई शैक्षिक क्षेत्रमै लगाउन सुझाव दिनुभयो ।शिक्षक अधिकारीले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो ।
उहाँले देशभरि नै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुन सफल विद्यालयमा तीन दशक वढि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गर्नुभयो ।विद्यार्थीलाई सपना देख्न अभिपे्ररित गर्दै अधिकारीले लक्ष्यमा पुग्न मेहनत आवश्यक रहेको वताउनु भयो । सो विद्यालयका भुपु विद्यार्थी समेत रहेका हालका विज्ञान विभाग प्रमुख सुशील देवकोटाले अधिकारी अँग्रेजी विषयको विज्ञ रहेको वताउदै, उहाँको अध्यापन कौशलवाट धेरै कुरा सिक्न सकिने स्मरण गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर र सल दिएर सम्मान गरेका थिए । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक भेषराज पौडेलले गर्नुभएको थियो ।सहभागी विद्याथीले पञ्चेबाजा बजाउँदै, आफ्ना प्रिय गुरुलाई निवाससम्मै पुर्याएका थिए ।
वि.सं. २०४४ सालमा घाचोकको हालको शुक्लागण्डकी माविवाट शिक्षण पेशामा प्रवेश गर्नुभएका अधिकारीले वि.सं. २०४६ देखि २०४८ सम्म विन्ध्यवासिनी मावि, २०४९ देखि २०५२ सम्म राष्ट्रिय मावि र त्यसपछि फेरी निरन्तर रुपमा विन्ध्यवासिनी माविमा अध्यापन गराउनु भएको थियो । वि.सं. २०६८ मा विद्यालयको प्रधानाध्यापक समेत वन्नुभएका अधिकारीले २०७६ मा काज मिलाएर केही समय कोशी प्रदेशका प्रदेश प्रमुखको स्वकीय सचिव समेत वन्नुभयो ।उहाँले शिक्षण सिकाई र टे«नरका रुपमा कोरिया, जापान, अष्ट्रेलिया लगायतका विभिन्न देशको भ्रमण गरी शैक्षिक अनुभव आदानप्रदान गर्नुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया