SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२० गते
    १४८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् ।साविकको लामाचौर गा.वि.स वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव ५ सय घरधुरिका ब्राह्मण समुदायले घार्मीमा रहेको भुमेपुज्ने सामुदायिक वनमा पुगी त्यहाँ रहेको भुमी देवता स्थलमा विधीपुर्वक पुजा अर्चना गरेका थिए । परापुर्वकाल देखिनै वर्षको दुई पटक वाली लगाउने र भित्रयाउने समयमा भुमे देवताको विधी पुर्वक पुजा गर्ने प्रचलन रहेको छ । सहभागी भक्तजनले भुमी देवताको पुजा गर्दै बर्खे वाली सप्रिएकोमा खुशी हुँर्दै आगामी दिनमा पनि कुनै विग्नवाधा नपरोष भन्दै अन्न तथा फलफुल चढाएको पुजा व्यवस्थापन समितिका बलराम पौडेलले बताउनुभयो ।

    विहान चोखो नितो गरी आ आफ्ना थानमा रहेका अँगेर तथा भँगेरको पुजा गरिसकेपछि भक्तालुहरु भुमि पुजाको लागि जगंल क्षेत्रमा रहेको पुजा स्थलमा जाने गर्दछन् । जुठो, सुत्केरो परेकालाई भने पुजामा सहभागी नगराईने प्रचलन रहेको छ । पुजामा महिला भने सहभागी हुँदैनन् । भुमे पुजा गर्न स्थानिय रुपमै पुजा समिति गठन गरिएको र त्यसले पुजाका लागि तिथी जुराउने देखि व्यवस्थापन गर्ने गरेको पौडेलले जानकारी दिनुभयो ।

    उक्त दिन खनजोत गर्न नहुने तथा पुजा गरेपछि मात्र खेतीपाती लगाउने परम्परा त्यस क्षेत्रमा अझै पनि रहेको छ । पुजा स्थल व्यवस्थित नहुदा पुजा गर्न जानेलाई समस्या पर्ने गरेको छ । खानेपानी तथा भवनको अभावमा पुजामा सहभागी वृद्घ तथा वालवालिकाले ठुलो समस्या भोग्नु परेको हो । पुजा स्थल व्यवस्थित गर्न पटक पटक प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन ।

    वडाले वजेट विनियोजन गरेपनि जग्गा मिलाउने विषयमा समस्या भएपछि भुमे मन्दिर र भवन निर्माण हुन नसकेको बताईएको छ ।भुमेपुज्ने तिखेढुङ्गा सामुदायिक जंगलको परिसरमा पुजास्थल रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं