SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१९ गते
    १५० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक रक्तदान गर्ने रहेका र सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि अल नेपाल होमीयोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका संस्थापक डा. बिष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदा बारे बताउँदै समय समयमा रगत परिक्षण गर्दै गर्नुपर्ने बताए । साथै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्दाका फाइदा बारेमा बताउँदै हामी जति प्रकृति नजिक रहेर जिवनयापन गर्न सक्छौं त्यति नै स्वस्थ दीर्घजीवन जिउन सकिने वताए ।

    प्रादेशिक रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, पोखरा हस्पिटलका सुपरभाइजर बुद्ध गुरुङ, सहकारीका ब्यबस्थापक बृहस्पति अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट, पुर्व प्रनानी पुष्पकमल श्रेष्ठ, संस्थाका कोषाध्यक्ष भरत बहादुर थापा, चौतारी आमा समुहकी अध्यक्ष मनु् थापा लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

    संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे टोलबिकास संस्था (क) का अध्यक्ष तुलबहादुर गुरुङले स्वागत र संचालन शिक्षा उपसमिति संयोजक तिलक थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं