SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१८ गते
    १७८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा ।पोखरा महानगरपालिका वडा नं १६ मा रहेको पोखरा एकेडेमी स्कुलमा स्पोर्ट्स मिट शुरु भएको छ।शुक्रबारसम्म संचालन हुने खेलकुद कार्यक्रममा जुनियर तर्फका विद्यार्थीले सहभागिता जनाएकाे विद्यालयका जुनियर सेक्सनका प्रमुख मोहन वहादुर थापाले जानकारी दिनुभयो। कक्षा नर्सरी देखी ३ सम्मका विद्यार्थी सहभागी कार्यक्रममा कुर्ची दौड, स्वीट रेस, डोरी तान्ने, चम्चा दौड लगायतका विद्यार्थी केन्द्रित प्रतियोगिता हुने बताईएको छ।

    +यसअघि कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका बोर्ड सदस्य दुर्गालाल श्रेष्ठले जिवनपयोगी शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारिरीक तथा मानसिक विकास हुने बताउनुभयो। उहाँले स-साना वालवालिका भविष्यका कर्णधार भएकाले सानै उमेरदेखि नै असल संस्कार सिकाउनु पर्नेमा जोड दिनुभयो।

    अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विमल पौडेलको अध्यक्षता भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त तिमिल्सिना, सह प्राचार्य तीर्थ तामाङ, प्रशासन प्रमुख भुवन बस्नेत, शिक्षिका चन्द्रा गौतम थापा लगायतले विद्यालयका गतिविधिका बारेमा चर्चा गरेका थिए।कार्यक्रमको सञ्चालन शिक्षिका निकिता थापाले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं