SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१७ गते
    १५९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा २२ महिला तथा २६ पुरुष गरी ४८ जनाले रक्तदान गरेका थिए ।

    कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले पहिलो रक्तदाता सुर्यराज पराजुलीलाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रक्तदान जिवन दान भन्ने उद्धघोषलाई रक्तदान कार्यक्रम आयोजना गरेर साकार पार्ने कार्य गर्ने संस्थाहरुलाई आभार व्यक्त गर्दै सबैलाई यस प्रकारको पुण्यकार्यमा सहभागिहुन आग्रह गरेका थिए ।

    पोखरा १५ निवर्तमान वडाअध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य तथा उपशाखा पोखरा १५ का समन्वयकर्ता सुवास अधिकारी, जिल्ला सदस्य पार्वती कार्की, निवर्तमान सभापति कमलप्रसाद पौडेल, अलकापुर टोलविकास संस्थाका अध्यक्ष वेलबहादुर विश्वकर्मा, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले स्वागत र संचालन अलकापुर आमा समुहकी सचिव सुनिता शर्मा कँडेलले गरेकी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं