SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१६ गते
    २८१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

    पोखराको बसुन्धरापार्कमा मूल समारोह आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा खिम बहादुर खड्काले जनस्वास्थ्यका क्षेत्रमा सरकारले संचालन गरेका कार्यक्रममध्ये एचआईभी एड्स नियन्त्रण कार्यक्रम अत्यन्त सफल भएको बताउनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली संक्रमितलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

    राष्ट्रिय एड्स महासंघका केन्द्रीय सचिब मनोज गुरुङले संक्रमितहरुमा हुने गरेको भेदभाब र लान्छना अन्त्यका लागि सबै नागरिकमा जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिनुभयो ।नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सन् २०३० सम्म एचआइभी मुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    दिवसको सन्दर्भमा जनप्रतिनिधिमा एचआइभी सम्वन्धी अभिमुखीकरण, अति विपन्न सिएबिए बच्चाहरुलाई न्यायो कपडा वितरण, जुम्बा कार्यक्रम, जनचेतनामूलक सामग्री प्रशारण, एसटिआई र भिआइए क्याम्प, मैनवत्ति प्रज्वलन जस्ता विविध कार्यक्रम गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं