SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१६ गते
    २८५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायक कार्कीले हालैमात्र बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले सार्वजनिक गरेका हुन् ।कार्कीको स्वरमा रहेको गीतको शव्द , कम्पोजर र एरेञ्जर अमित गुरुङ हुन् । गीतको म्यूजिक भिडियोको निर्देशन नविन थापाले गरेका छन् । गीतमा जीवन वाग्ले, अशु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन पर्यटकीय गाउँ सिक्लेशमा गरिएको गायक रोहनजंग कार्कीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती ढकालले रोहनको संगीतप्रतिको मोह, लगाव र मेहनतले गीत र म्यूजिक भिडियो उत्कृष्ट बनेको बताए । उनले कला, गीत, संगीत साधनाका माध्यमबाट मात्र उत्कृष्ट हुने भन्दै नया नया गीत, संगीत निर्माणमा जुटिरहन सुझाव दिए ।प्राज्ञ कुञ्जराज थापाले रोहनको गीतमा शव्द, संगीत र दृश्यको संयोजक उत्कृष्ट भएको बताए ।
    प्रा.डा.यामबहादुर पौडेल क्षेत्रीले रोहनको गीत, संगीतमा उज्वल भविष्य छ भन्ने कुरा ‘माया तिमी’ गीतले पुष्टि गरेको बताए ।

    पोखरा सांगीतिक कलाकार संघका सचिव तथा डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठ, क्षेत्री समाज पोखरा–१६ का सचिव गोविन्द थापा, कवि सरस्वती श्रेष्ठ (सरु), साहित्यकार तथा पत्रकार असफल गौतमलगायतले स्थानिय कलाकारलाई माया गरेर उनीहरुलाई नया नया गीत, संगीत निर्माणमा उत्प्रेरणा जगाउन सक्नुपर्नेमा जोड दिए । कार्कीले यसअघि “कहिले आउँ”, “कान्छी ओ कान्छी” गीत बजारमा ल्याईसकेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं