
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर पोखरा ।पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ।पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको थियो ।
रूद्री पुजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानै भक्तजनको भीड लागेको स्थानीय प्रेम बहादुर जिसीले जानकारी दिनुभयो। स्थानीय जाडुमुनी निवासी विष्णु प्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फुलको डाेली बाजा गाजा र भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो।फुलको डाेली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ।
त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला,कुरेचौर,हरिपाउँ,पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताउनुभयो।चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता रहेको छ । धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९ , भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिएका थिए। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए। पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाकाे सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिनुभयो।
विहानैवाट चलेको सद्विज छर्ने कार्य र भजन किर्तन साँझ अबेरसम्म जारी रहेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताउनु भयो। त्यहाँ पुग्ने भक्तजनले यस क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र भुमि रहेको बताउदै , यसको वृहत्तर विकासको लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिएका छन् । मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ।
पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन्। मन्दिर स्थापना देखि नै बालाचतुर्दशी तथा महाशिवरात्रि पर्व विशेष रूपमा मनाउने गरिन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया