SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१५ गते
    १३६ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा ।पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ।पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको थियो ।

    रूद्री पुजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानै भक्तजनको भीड लागेको स्थानीय प्रेम बहादुर जिसीले जानकारी दिनुभयो। स्थानीय जाडुमुनी निवासी विष्णु प्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फुलको डाेली बाजा गाजा र भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो।फुलको डाेली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ।

    त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला,कुरेचौर,हरिपाउँ,पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताउनुभयो।चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता रहेको छ । धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९ , भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिएका थिए। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए। पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाकाे सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिनुभयो।

    विहानैवाट चलेको सद्विज छर्ने कार्य र भजन किर्तन साँझ अबेरसम्म जारी रहेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताउनु भयो। त्यहाँ पुग्ने भक्तजनले यस क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र भुमि रहेको बताउदै , यसको वृहत्तर विकासको लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिएका छन् । मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ।

    पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन्। मन्दिर स्थापना देखि नै बालाचतुर्दशी तथा महाशिवरात्रि पर्व विशेष रूपमा मनाउने गरिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं