SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१४ गते
    १४५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो ।

    मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको उनले जानकारी गराए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

    ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिए । व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुपर्ने मन्त्री केसीले बताए । `जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नू । राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोड्दिनू,´ उनले भने, `त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नू ।´

    यातायात कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए । कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ वटा योजना परेको छ । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताए ।

    मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिए । काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दु:ख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं