SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१२ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    उपाध्यक्ष गुरूङले अध्ययन सँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिँदै यसका लागि अभिभावकले नै प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।‘खेल जीतको लागि मात्र पनि होइन, सहभागिता नै महत्वपूर्ण छ । अरुमाथि जित्ने भन्दा पनि आफैमा अझै राम्रो गर्न संघर्ष गर्ने, अनुशासित बनाउने, स्वस्थ बनाउने, सहकार्य गर्न सिकाउनु नै खेल हो ।’ उनले भने – ‘खेल्नका लागि अभिभावकले प्रोत्साहन गर्नुहोस् । हामीले वर्षको अन्तमा कति नम्बर ल्यायो ? भन्नेमा मात्र ख्याल गर्ने होइन ।’

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    उपाध्यक्ष गुरुङले खेलले हारमा पनि आशा जगाउन सिकाउने बताउँदै खेलकुदले जिन्दगीमा आइपर्ने दुःखसुखसँग सामना गर्न सक्ने क्षमताको वृद्धि गर्ने उल्लेख गरे । खेलकुदमा जात, धर्म, वर्गमा विभेद नगर्ने भएकाले समान भावनाको विकास गराउने बताए । आफ्नो बच्चालाई अरुसँग तुलना गर्न नहुने सुझाव दिँदै उनले तुलना गर्दा बच्चाले उनीहरुसँग हीनताबोध गरेर झनै आत्मविश्वास गुमाउने बताए ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    ‘म पनि सानौदेखि खेल्न रूचाउँथे । राष्ट्रिय खेलाडी बनेर देशको नाममा खेल्छु भनेर सोचेको पनि थिइनँ । यस्तै प्लेटफर्मले मलाई ह्याण्डबल टीम क्याप्टेनका रुपमा खेल्ने बनाएको हो । त्यसपछि पनि खेल सम्बद्ध संघसंस्थामा सक्रिय रहेँ । ह्याण्डबल संघको केन्द्रीय अध्यक्ष हुँदै साउथ एशियन ह्याण्डबल संघको उपाध्यक्ष, ओलम्पिक कमिटी उपाध्यक्ष रहेर खेल क्षेत्रमै समर्पित रहन सकेको छु ।’ प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिवसमेत रहेका गुरुङले आफ्नो खेल जीवन यसरी स्मरण गरे ।

    स्कूलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कले राम्रो ज्ञान प्राप्त गर्ने हुँदा विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    ‘जबसम्म विद्यार्थीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुँदैनन्, उनीहरुको जीवन पनि स्वस्थ हुँदैनन् । शिक्षासँगै खेलकुदको क्षेत्रमा पनि अब्बल बन्न बालबालिका उमेरबाटै यसमा समर्पित रहनुपर्छ । यसैलाई मध्येनजर गर्दै विद्यालयले यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्दै आएका हौं ।’ डा. पराजुलीले भने ।

    उनले शान्ति निकेतनकै विद्यार्थी संघर्ष चपाईंले जापानमा जुडो कराँतेतर्फ राष्ट्रको प्रतिनिधित्व गर्दै रजत पदक प्राप्त गरेको, सेलिना गुरुङले ताइवानमा आयोजित तीर हान्ने प्रतियोगितामा पनि रजत प्रदक प्राप्त गरेको स्मरण गर्दैै राष्ट्रिय स्तरमा पनि राम्रा राम्रा खेलाडी उत्पादन भएको स्मरण गरे ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    डा. पराजुलीले शान्ति निकेतन उत्कृष्ट नतिजाका कारण परिचित बनेको बताउँदै अतिरिक्त तथा खेलकुद क्षेत्रमा पनि स्कूलका विद्यार्थीले विद्यालयको नाम राख्नेमा आशावादी रहेको बताए ।

    विद्यालयका सल्लाहकार सोमनाथ भुर्त्यालले विद्यालयको अभिभावकको पक्षबाट हेर्दा विद्यालयको प्रगतिका कारण आफू निकै खुशी रहेको उल्लेख गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले शान्ति निकेतनका विद्यार्थीहरुको उत्कृष्ट नतिजाका कारण विद्यालय व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थीहरु सबै गौरवान्वित रहेको बताए ।

    पत्रकार कमल पौडेल अथकले विद्यार्थीका लागि किताबी ज्ञानसँगै अतिरिक्ति ज्ञान तथा सीपको खाँचो रहने भएकाले खेलकुद, गायन, नृत्य, कलाका माध्यमबाट उनीहरुका अन्तर्निहित क्षमताको प्रस्फुटन गर्न यस्ता कार्यक्रम सहयोगसिद्ध हुने बताए । कार्यक्रममा सहप्राचार्य यदुविलास भुर्त्याल, परीक्षा संयोजक हेम सुवेदी लगायतले बोलेका थिए ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    दुई दिने खेलकुद प्रतियोगितामा भलिबल, फूटबल, टेबलटेनिस, चेस, सटपुट लगायतका खेल समावेश गरिएको छ । कूल २९० वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर (कक्षा ६–९), प्राइमरी सिनियर (कक्षा ३–५), प्राइमरी जुनियर (कक्षा १–२), प्रि–प्राइमरी जुनियर (नर्सरी–यूकेजी), प्रि–नर्सरी तहमा प्रतिष्पर्धा गरिएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    स्पोर्ट्स मिट उद्घाटनका अवसरमा उपस्थित अभिभावकवीच गरिएको रमाइलो चम्चा दौड प्रतियोगितामा विजेता रिकु देवकोटा, दोस्रो स्थान प्राप्त गर्ने सुनिता भण्डारी र तेस्रो स्थान प्राप्त गर्ने दुर्गा सुवेदीलाई पुरस्कृत पनि गरिएको थियो ।

    https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं