
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
उपाध्यक्ष गुरूङले अध्ययन सँगसँगै खेलकुदमा पनि विद्यार्थीकालबाटै लाग्नुपर्नेमा जोड दिँदै यसका लागि अभिभावकले नै प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।‘खेल जीतको लागि मात्र पनि होइन, सहभागिता नै महत्वपूर्ण छ । अरुमाथि जित्ने भन्दा पनि आफैमा अझै राम्रो गर्न संघर्ष गर्ने, अनुशासित बनाउने, स्वस्थ बनाउने, सहकार्य गर्न सिकाउनु नै खेल हो ।’ उनले भने – ‘खेल्नका लागि अभिभावकले प्रोत्साहन गर्नुहोस् । हामीले वर्षको अन्तमा कति नम्बर ल्यायो ? भन्नेमा मात्र ख्याल गर्ने होइन ।’
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
उपाध्यक्ष गुरुङले खेलले हारमा पनि आशा जगाउन सिकाउने बताउँदै खेलकुदले जिन्दगीमा आइपर्ने दुःखसुखसँग सामना गर्न सक्ने क्षमताको वृद्धि गर्ने उल्लेख गरे । खेलकुदमा जात, धर्म, वर्गमा विभेद नगर्ने भएकाले समान भावनाको विकास गराउने बताए । आफ्नो बच्चालाई अरुसँग तुलना गर्न नहुने सुझाव दिँदै उनले तुलना गर्दा बच्चाले उनीहरुसँग हीनताबोध गरेर झनै आत्मविश्वास गुमाउने बताए ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
‘म पनि सानौदेखि खेल्न रूचाउँथे । राष्ट्रिय खेलाडी बनेर देशको नाममा खेल्छु भनेर सोचेको पनि थिइनँ । यस्तै प्लेटफर्मले मलाई ह्याण्डबल टीम क्याप्टेनका रुपमा खेल्ने बनाएको हो । त्यसपछि पनि खेल सम्बद्ध संघसंस्थामा सक्रिय रहेँ । ह्याण्डबल संघको केन्द्रीय अध्यक्ष हुँदै साउथ एशियन ह्याण्डबल संघको उपाध्यक्ष, ओलम्पिक कमिटी उपाध्यक्ष रहेर खेल क्षेत्रमै समर्पित रहन सकेको छु ।’ प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिवसमेत रहेका गुरुङले आफ्नो खेल जीवन यसरी स्मरण गरे ।
स्कूलका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कले राम्रो ज्ञान प्राप्त गर्ने हुँदा विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
‘जबसम्म विद्यार्थीहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुँदैनन्, उनीहरुको जीवन पनि स्वस्थ हुँदैनन् । शिक्षासँगै खेलकुदको क्षेत्रमा पनि अब्बल बन्न बालबालिका उमेरबाटै यसमा समर्पित रहनुपर्छ । यसैलाई मध्येनजर गर्दै विद्यालयले यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्दै आएका हौं ।’ डा. पराजुलीले भने ।
उनले शान्ति निकेतनकै विद्यार्थी संघर्ष चपाईंले जापानमा जुडो कराँतेतर्फ राष्ट्रको प्रतिनिधित्व गर्दै रजत पदक प्राप्त गरेको, सेलिना गुरुङले ताइवानमा आयोजित तीर हान्ने प्रतियोगितामा पनि रजत प्रदक प्राप्त गरेको स्मरण गर्दैै राष्ट्रिय स्तरमा पनि राम्रा राम्रा खेलाडी उत्पादन भएको स्मरण गरे ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
डा. पराजुलीले शान्ति निकेतन उत्कृष्ट नतिजाका कारण परिचित बनेको बताउँदै अतिरिक्त तथा खेलकुद क्षेत्रमा पनि स्कूलका विद्यार्थीले विद्यालयको नाम राख्नेमा आशावादी रहेको बताए ।
विद्यालयका सल्लाहकार सोमनाथ भुर्त्यालले विद्यालयको अभिभावकको पक्षबाट हेर्दा विद्यालयको प्रगतिका कारण आफू निकै खुशी रहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले शान्ति निकेतनका विद्यार्थीहरुको उत्कृष्ट नतिजाका कारण विद्यालय व्यवस्थापन टीम, शिक्षक, अभिभावक र विद्यार्थीहरु सबै गौरवान्वित रहेको बताए ।
पत्रकार कमल पौडेल अथकले विद्यार्थीका लागि किताबी ज्ञानसँगै अतिरिक्ति ज्ञान तथा सीपको खाँचो रहने भएकाले खेलकुद, गायन, नृत्य, कलाका माध्यमबाट उनीहरुका अन्तर्निहित क्षमताको प्रस्फुटन गर्न यस्ता कार्यक्रम सहयोगसिद्ध हुने बताए । कार्यक्रममा सहप्राचार्य यदुविलास भुर्त्याल, परीक्षा संयोजक हेम सुवेदी लगायतले बोलेका थिए ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
दुई दिने खेलकुद प्रतियोगितामा भलिबल, फूटबल, टेबलटेनिस, चेस, सटपुट लगायतका खेल समावेश गरिएको छ । कूल २९० वटा पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर (कक्षा ६–९), प्राइमरी सिनियर (कक्षा ३–५), प्राइमरी जुनियर (कक्षा १–२), प्रि–प्राइमरी जुनियर (नर्सरी–यूकेजी), प्रि–नर्सरी तहमा प्रतिष्पर्धा गरिएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE
स्पोर्ट्स मिट उद्घाटनका अवसरमा उपस्थित अभिभावकवीच गरिएको रमाइलो चम्चा दौड प्रतियोगितामा विजेता रिकु देवकोटा, दोस्रो स्थान प्राप्त गर्ने सुनिता भण्डारी र तेस्रो स्थान प्राप्त गर्ने दुर्गा सुवेदीलाई पुरस्कृत पनि गरिएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=tgKmvnEu8iG_aMrE


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया