
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर उजाड,पोखरा।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने वताएका छन् ।
पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधवार उद्रघाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रवार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने वताए । उनले विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले सरकारले पढ्दै कमाउँदै अभियानलाई प्राथामिकता दिनुपर्नेमा जोड दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले पोखरा १६ लाई शैक्षिक हबको रुपमा विकास गराउनुपर्नेमा जोड दिदै, यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयले शैक्षिक गुणस्तर वृद्घि गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि कुनै कसर वाँकी नराखेको स्पष्ट पारे ।
सो अवसरमा विद्यालयले दश जोड दुईमा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट विद्यार्थी आशिष पोखरेल ,श्रेया आचार्य , वसन्त कुमार विक,रविना राउत,रिवाज थापा,आशिक गौतम ,अन्जन बगाले , आशिष पौडेल,श्रद्धा पौडेल र पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सोनिया परियार ,करिना विक,सिन्धु लम्साल , अञ्जली भट्टराई र आशिष पोखरेललाई नगद सहित बिन्ध्यवासिनी विद्या पदकवाट सम्मान गरेको छ ।उनीहरुलाई मन्त्री थापा, वडाध्यक्ष शर्मा, शिक्षा अधिकृत जीवन ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले नगद, सम्मानपत्र र मायाको चिनोले सम्मान गरे । कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन ज्ञवाली, कार्यक्रम संयोजक गोविन्द शर्मा पौडेल लगायतले वोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराइको अध्यक्षता र सहायक प्रधानाध्यापक राम वहादुर बाँनियाको संचालनमा भएको कार्यक्रममा पोखराका वडा नं. १६,१९,२० र माछापुच्छ्रे गाउँ पालिकाको एक विद्यालय गरी २१ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।हाजिर जवाफ प्रतियोगितामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा धारा आधारभूत विद्यालय प्रथम, शिवेश्वरी आधारभूत विद्यालय द्वितीय, भारती भवन मावि तृतीय र गायत्री आधारभूत विद्यालय घार्मीले सान्त्वना स्थान प्राप्त गरेका छन्।विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया