SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१२ गते
    १३४ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने वताएका छन् ।

    पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधवार उद्रघाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रवार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने वताए । उनले विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि पनि बुक फ्रि डे महत्वपुर्ण हुने विश्वास व्यक्त गरे । विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि विदेशिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले सरकारले पढ्दै कमाउँदै अभियानलाई प्राथामिकता दिनुपर्नेमा जोड दिए ।

    वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले पोखरा १६ लाई शैक्षिक हबको रुपमा विकास गराउनुपर्नेमा जोड दिदै, यस क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयले शैक्षिक गुणस्तर वृद्घि गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि कुनै कसर वाँकी नराखेको स्पष्ट पारे ।

    सो अवसरमा विद्यालयले दश जोड दुईमा विज्ञान तथा व्यवस्थापन संकायमा उत्कृष्ट विद्यार्थी आशिष पोखरेल ,श्रेया आचार्य , वसन्त कुमार विक,रविना राउत,रिवाज थापा,आशिक गौतम ,अन्जन बगाले , आशिष पौडेल,श्रद्धा पौडेल र पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल सोनिया परियार ,करिना विक,सिन्धु लम्साल , अञ्जली भट्टराई र आशिष पोखरेललाई नगद सहित बिन्ध्यवासिनी विद्या पदकवाट सम्मान गरेको छ ।उनीहरुलाई मन्त्री थापा, वडाध्यक्ष शर्मा, शिक्षा अधिकृत जीवन ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले नगद, सम्मानपत्र र मायाको चिनोले सम्मान गरे । कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन ज्ञवाली, कार्यक्रम संयोजक गोविन्द शर्मा पौडेल लगायतले वोलेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराइको अध्यक्षता र सहायक प्रधानाध्यापक राम वहादुर बाँनियाको संचालनमा भएको कार्यक्रममा पोखराका वडा नं. १६,१९,२० र माछापुच्छ्रे गाउँ पालिकाको एक विद्यालय गरी २१ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।हाजिर जवाफ प्रतियोगितामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगितामा धारा आधारभूत विद्यालय प्रथम, शिवेश्वरी आधारभूत विद्यालय द्वितीय, भारती भवन मावि तृतीय र गायत्री आधारभूत विद्यालय घार्मीले सान्त्वना स्थान प्राप्त गरेका छन्।विजयी विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं