SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१२ गते
    १६१ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

    https://youtu.be/Aad2p2BJ8hA?si=K–lgK6Ie7JbetTw

    ‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’ पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

    https://youtu.be/Aad2p2BJ8hA?si=K–lgK6Ie7JbetTw

    ‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने, ‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौं ।’दलित र गैह्रदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए ।

    https://youtu.be/Aad2p2BJ8hA?si=K–lgK6Ie7JbetTw

    ‘दीर्घकालीन रुपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’

    https://youtu.be/Aad2p2BJ8hA?si=K–lgK6Ie7JbetTw

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं