SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/९ गते
    ४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो । यसअघि अदालतबाट लिएको अनुमति आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलको इजलासले उनलाई पुनः ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो ।

    साथै, अदालतले प्रसाईँको उपचारको प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ । प्रसाईँ क्यान्स रोगका विरामी हुन् । प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

    पोखरा । नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल...

    भूपी काव्य पुरस्कार असफल गौतमलाई

    पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई...

    नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना

    पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न...

    अमेरिकावाट प्राप्त चार लाख बढि सहयोग रकम मृगौलापिडित भण्डारीको उपचारका लागि हस्तान्तरण

    पर्वत । दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका( ८ चुवाका २५ वर्षिय युवा...

    समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं