SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/९ गते
    ५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् । उनीहरुलाई प्रहरीले रोक्ने प्रयास गरेको छ । तर सेवाग्राहीले हात नहाल्न चेतावनी दिएका छन् । हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन् ।

    विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।

    सेवाग्राहीले आफूहरुको अनुहार मिडियामा आएको भनेर भनेर गुनासो गरेकाले सेवाग्राही देखिने गरी फोटो/भिडियो खिच्न रोक लगाइएको भनेर विभागका महानिर्देशकले तर्क गरे पनि सेवाग्राहीहरु मिडियासामु आफूले भोग्नुपरेका समस्या सुनाउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

    पोखरा । नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल...

    भूपी काव्य पुरस्कार असफल गौतमलाई

    पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई...

    नेपाल पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापना

    पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न...

    अमेरिकावाट प्राप्त चार लाख बढि सहयोग रकम मृगौलापिडित भण्डारीको उपचारका लागि हस्तान्तरण

    पर्वत । दुवै मृगौलामा खराबी आएपछि उपचाररत पर्वतको कुश्मा नगरपालिका( ८ चुवाका २५ वर्षिय युवा...

    समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं