SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/८ गते
    १३७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका ८ नं. वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय मावि कन्चन बिक प्रथम भएकी छन् ।त्यसै गरी सृजना माबिकी सपना शर्मा दितिय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतिय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भएका थिए ।

    प्रमुख अतिथि प्रतियोगिताको वडा अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्दै बावबालिकाको चौतर्फि विकासमा वडा कार्यलय सधै सहकार्य गर्न तत्पर रहेको वताए ।वडा सदस्य पबित्रा केसीले वडा नं. ८ एक सार्वजनिक विद्यालय र १० वटा निजी विद्यालय रहेको बताउँदै सबैलाई सहभागी गराउन नसके पनि ६ विद्यालयका ११ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएको वताइन । उनले वडाका वालबालिकाको अतिरिक्त क्रियाकलाप सम्बन्धि कार्यक्रमहरु वडा स्तरिय बाल मञ्चलाई नै जिम्मा दिने बताइन् ।

    पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. नवराज न्यौपानेले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा सहभागि गराउँदा पढाईको साथै अन्य क्षेत्रमा पनि सक्षम हुने वताए ।विद्यालयका प्रधानाध्यापक तिर्थराज न्यौपानेले अहिले वालवालिकाहरु मोवाइल विना कुनै पनि काम गर्न नसक्ने अवस्थामा पुगेको वताउँदै मोबाइलमा सामाजिक मिडियालाई विद्यार्थीहरुले कसरी चिन्ने र अरुलाई के चिनाउने प्रयास यस प्रकारका कार्यक्रमले टेवा पुग्ने बताए ।

    कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, खेलकुद पत्रकार राजाराम पौडेल, शिवालय टोल बिकास संस्थाकी सहकोषाध्यक्ष शान्ति कडेल, विद्यालयका शिक्षकहरु लगाएतको उपस्थिति रहेको थियो ।निर्णायकमा साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, अभिबक्ता सुस्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ रहेका थिए ।

    ‘बालबालिकाको क्षेत्र बिकासमा सदैव लागि परौं, वडा नं. ८ लाई बाल मैत्री घोषणा गर्न प्रतिबद्ध बनौं’ भन्ने मुल नाराका साथ भएको प्रतियोगितामा न्यु मोडल माबिका सृष्टि बराल, जनप्रिय माविकी कन्चन विक, सृजना माविका सपना शर्मा र अपेक्षा अधिकारी, राम आविका सन्ध्या चौधरी, मिसन मगर र पलसरी बुढा, लक्ष्मी आवासीय माविका सृष्टि आचार्य र प्रकृति ठकुरी, पोखरा एकेडेमीका आयुषा रानाभाट र शिखा पुन सहभागि भएका थिए ।बालमञ्चका अध्यक्ष सुसान न्यौपाने, सचिव समिप सापकोटाले संचालन गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्मा गिरिले गरेकी थिइन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न

    पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं